देउवा–कोइरालाबीच कसरी भयो बलियो सम्बन्ध ? | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

देउवा–कोइरालाबीच कसरी भयो बलियो सम्बन्ध ?

‘प्रजातन्त्रमाथि संकटमा आउन नदिन कांग्रेस बलियो हुनुपर्छ’

काठमाडौं, २८ जेठ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गत १४औं महाधिवेशनमा उहाँसँगै सभापतिमा पराजित नेता डा.शेखर कोइरालबीच सम्बन्ध सुधार हुँदै गएको छ । लामो समयसम्म पार्टी कुनै पनि निर्णयमा एक ठाउँमा बसेर छलफल गर्न नसकेका कांग्रेसका शीर्ष दुई नेताबीच पछिल्लो केही समययता सम्बन्धलाई सुधार गर्ने संकेत देखाएका हुन् ।

सभापति देउवाबाट पार्टी र देश चल्न नसक्ने भन्दै कुनै पनि हालतमा नेतृत्व फेर्नुपर्ने एजेन्डा लिएर संस्थापनइतर समूहलाई सशक्त बनाएका नेता कोइराला र सभापति देउवाबीचको सम्बन्ध मन्त्रीपरिषद् विस्तारदेखि सुधारको प्रयास भएको हो । प्रचण्ड नेतृत्वको सरकारको मन्त्रीमण्डलमा सभापति देउवाले कोइराला समूहबाट महामन्त्री जितेका गगन थापासहितका पदाधिकारीलाई बेवास्ता गर्दै कोइरालालाई एकलरूपमा मन्त्री पठाउन आग्रह गर्नुभएको थियो । सरकारमा पठाउने मन्त्रीका विषयमा आफूहरूसँग कुनै छलफल नगरिएको भन्दै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सार्वजनिक रूपमा पटक पटक विरोध गरेपनि नेता कोइरालाले सभापतिको निर्णयलाई स्वीकार गर्दै जानुभएको छ । कांग्रेसबाट सरकारमा जाने ९ मन्त्रीमध्ये २ जान इतर समूहका पठाउन सभापतिले आग्रह गरेपछि केही दिन उक्त निर्णयको विरोध जनाउँदै आफ्नो तर्फबाट सम्मानजनक सहभागिता नगराइए सरकारमै सहभागी नहुने बताउँदै आएको नेता कोइराला समूह अन्ततः कानुनमन्त्री धनराज गुरुङ र खेलकुद मन्त्री डिगबहादुर लिम्बुलाई पठाएर चित्त बुझाएको थियो ।

उक्त निर्णयमा कोइराला सहमत भएकोप्रति कोइराला समूहबाटै निर्वाचित पार्टीका महामन्त्री थापा रुष्ट बन्नुभएको थियो । आफ्नै टिममा समेत पर्याप्त छलफल नगरी कोइरालाले सभापतिको निर्णयलाई स्वीकार गरेको महामन्त्री थापाले आरोप समेत लगाउनुभएको थियो । कांग्रेसको कोटामा थप गरिएको महिला तथा बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा राष्ट्रपति रामचन्द्र पौडेलको कोटाबाट सुरेन्द्रराज आचार्यलाई सरकारमा पठाएपछि समेत कोइरालाले आचार्य आफ्नै टिमको भएको भन्दै संस्थापन इतरसमूहका नेताहरूलाई चित्त बुझाउन लगाउनुभएको थियो ।

निकै लामो समय दुई ध्रुवमा रहेका नेता देउवा र कोइरालाले शनिबार भक्तपुर कांग्रेसले आयोजना गरेको एक कार्यक्रममा संगै रहेर भाषण गरे । दुई नेताहरूबीच वर्षौंपछिको एउटै स्टेज कार्यक्रमले पनि देउवा–कोइराला सम्बन्धमा सुधार आएको कार्यकर्ताहरूले महसस गरेका छन् । सोही कार्यक्रममा दुवै नेताहरूले पार्टीमा सबै एक भएर गुटरहित भएर जानुपर्ने बताएका छन् । नेता कोइरालाले कांग्रेसमा गुट भएको तर उक्त गुटबन्दीले पार्टीलाई सखाप पार्ने भएकाले विस्तारै गुटरहित कांग्रेस बनाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘कांग्रेसमा गुट छैन भन्दिन तर, गुबन्दीको कांग्रेसलाई सखाप पार्ने भएकाले विस्तारै गुटबन्दीको अन्त्य गर्नु पर्छ ।’ सोही कार्यक्रममा सभापति देउवाले पार्टीलाई एकताबद्ध बनाएर लाने प्रतिबद्धता जनाउनुभयो । ‘अहिले पार्टी बलियो बनाउन पार्टीका नेता, कार्यकर्तालाई एकतावद्ध भएर जानुपर्ने छ’, सभापति देउवाले भन्नुभयो– ‘योग्य, जुझारु र गतिशील नेता, कार्यकर्तालाई पार्टीले उचित जिवम्मेवारी समेत दिएर जाने कुरामा म प्रतिबद्ध छु । प्रजातन्त्र बलियो बनाउन पार्टी नै बलियो हुनुपर्छ ।’

सभापति देउवाले नेता कोइरालालाई विस्तारै आफ्नो पक्षमा ल्याउने कसरतमा लाग्नुभएको नेपाली कांग्रेसका केन्द्रीय नेताहरूको बुझाइ छ । पूर्वप्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाले गत स्थानीय, प्रदेश र संघीय निर्वाचनमा माओवादीलगायतका दलहरूसँग तालमेल गरेर चुनावमा जाने निर्णयकाविरुद्ध प्रतिवाद गर्दै आएका नेता कोइराला गत संसदीय दलको निर्वाचनमा आफंै उम्मेदवार हुन सक्नुभएन । देउवाका बिरुद्धमा आफूपछि हटेर महामन्त्री गगन थापालाई अघि सार्नुभएको डा। कोइरालाको पछिल्लो भूमिका सभापतिसँग मिलेर जाने जस्तै देखिएको उहाँ निकटका नेताहरू बताउँछन् । कुनै बेला आमनेसामने भएर हरेक निर्णयको प्रतिवाद गर्ने कोइराला सभापति देउवाप्रति लचक हुनुको कारण देउवा स्वयंले आफ्नो उत्तराधिकारी बनाउन सक्ने आश्वाशन दिएको हुन सक्ने कांग्रेसीहरूको बुझाइ छ । यद्यपि, उक्त विषयमा अहिले कसैले मुख खोलीसकेका छैनन् । पार्टीको १५औं महाधिवेशनमा संस्थापन पक्षबाट बलियो उम्मेदवार नदेखिएका कारण नेता कोइरालालाई नै सभापतिले उम्मेदवारको प्रस्ताव राख्न सक्ने आँकलन गरिएको छ ।

कांग्रेसको विधानअनुसार एउटै व्यक्ति दुई कार्यकालभन्दा बढी सभापति हुन नपाउने व्यवस्थाअनुसार आगामी १५औं महाधिवेशनमा देउवा सभापतिबाट बाहिरिँदै हुनुहुन्छ । देउवाले आफ्नो टिमबाट सभापतिका लागि अघि सार्ने सशक्त उम्मेदवार को भन्ने अहिले नै निक्यौल गर्न सक्नुभएको छैन् । नेता कोइराला पनि देउवा पछि हुने सभापतिको उपयुक्त पात्र खालिजस्तै दखेपछि देउवासँगको सम्बन्धन सुधारतिर लाग्नुभएको बुझिएको छ । तर, उहाँले आफू देउवा समूहमा गएको स्वीकार्नुभएको छैन । गत संसदीय दलको निर्वाचनमा १५औं महाधिवेशनमा गगन थापाले कोइरालालाई सभापतिमा सहयोग गर्नेगरी दलको नेता बनाइएको नेताहरूले बताएका छन् ।

सभापति देउवासँग आफंै भीड्ने बताउँदै आएको कोइरालालाई अन्तमा गगन थापा, विश्वप्रकाश शर्मा र प्रदीप पौडेल समेतले ठाउँमा उभिएर संसदीय दलको नेतामा गगन थापा आगामी पार्टी सभापति शेखर कोइरालालाई सहयोग गर्ने सहमति गरेका थिए । त्यसबेला सभापति देउवाले पनि दलको नेताको उम्मेदवार बन्न लागेका कोइरालालाई पछि हट्न लगाउन आफूनिकट पूर्णबहादुर खड्कालगायत दोस्रो तहका नेताहरूलाई सुझाउनुभएको थियो । कोइराला नउठेपछि उक्त समूहले दाबी गर्दै आएका ३२ मध्य गगन थापालाई २५ भोट मात्रै खसेको थियो । त्यसदेखि नै संस्थापनइतर समूहमा विश्वासको संकट शुरू भएको बताएका नेताहरूले अहिलेसम्म आइपुग्दा देउवा र कोइराला नजिकिदै गएका र शेखर–गगनको दूरी बढ्दै गएको महसुस हुन थालेको गगन थापा निकट एक केन्द्रीय सदस्यले नेपाल समाचारपत्रलाई बताए ।

उनले भने– ‘डक्टरसाप र महामन्त्री थापाबीच नराम्रो केही छैन तर, पछिल्ले समय पार्टीका निर्णयमा संस्थापन इतरको धारणा एउटै हुन सकेको छैन । उहाँहरू बसेर मिलाउनु हुन्छहोला । सरकारमा पठाउने नेताका सन्दर्भमा नै केही असमझदारी भएको जस्तो बुझिन्छ ।’ सभापति देउवाले नेता कोइरालालाई शुक्रबार एक कार्यक्रममा वरिष्ठ नेताको उपाधि समेत स्वीकार गर्नुभएको थियो । वरिष्ठ नेता रामचन्द्र पौडेल पार्टी सदस्यता त्याग गर्दै राष्ट्रिपति भएपछि खाली रहेको वरिष्ठको वरीयतामा कोइरालाले दाबी गर्दै आउनुभएको थियो । देउवाले उक्त मागसमेत सम्बोधन गरेपछि दुई नेताबीचको सम्बन्ध सुधारमा अझ बल पुग्ने बताइएको छ ।

‘प्रजातन्त्रमाथि संकटमा आउन नदिन कांग्रेस बलियो हुनुपर्छ’

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्रमाथि संकट आउन नदिन कांग्रेस बलियो हुनुपर्ने बताउनुभएको छ । शनिबार नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्य समितिले आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभापति देउवाले पार्टी बलियो बनाउन सबै नेता कार्यकर्ताहरू एकढिक्का हुनुपर्ने बताउनुभएको हो ।

‘अहिले पार्टी बलियो बनाउन पार्टीका नेता, कार्यकर्तालाई एकतावद्ध भएर जानुपर्ने छ’, सभापति देउवाले भन्नुभयो–‘योग्य, जुझारु र गतिशील नेता, कार्यकर्तालाई पार्टीले उचित जिवम्मेवारी समेत दिएर जाने कुरामा म प्रतिबद्ध छु । प्रजातन्त्र बलियो बनाउन पार्टी नै बलियो हुनुपर्छ ।’ प्रजातन्त्रमाथि फेरि संकट आउन नदिने गरी कांग्रेसलाई बलियो बनाउन देशभर संगठन निर्माणको अभियान सञ्चालन गर्न पनि सिंगो पार्टी पंक्तिलाई सभापति देउवाले आह्वान गर्नुभयो ।

उहाँले प्रजातन्त्रलाई संकटमा आउन नदिन नेपाली कांग्रेसलाई बलियो बनाउन लाग्नुपर्ने भन्दै त्यसका लागि सबै नेता कार्यकर्ता एकजुट हुनुको विकल्प नरहेको बताउनुभयो । पार्टीमा योग्य, जुझारु र गतिशील नेता, कार्यकर्तालाई उचित जिम्मेवारी दिन आफू प्रतिवद्ध रहेको समेत बताउनुभयो ।

‘अहिलेको बेला नेपाली कांग्रेस पार्टीलाई जिल्ला सम्मेलनमार्फत हरेक जिल्लामा हामीले पार्टीको संगठनलाई गाउँ गाउँमा, घर घरमा, वडा वडामा पु¥याएर यो पार्टीलाई मजदुत बनाउने काममा सबैलाई सफलता मिलोस् भन्ने कामना गर्दछु । यसो गरियो भने पार्टीको देशभरि नै सगठन बलियो भएर जानेछ’, उहाँले भन्नुभयो– ‘हाम्रो पार्टी ऐतिहासिक पार्टी छ । २००७ सालदेखि लड्दै आएको पार्टी हो । ग्रासरुट, गाउँ, वडा र टोलसम्म पु¥याएर मात्रै यो पार्टी बलियो हुन्छ, यो पार्टी जति बलियो र समक्ष हुन्छ । त्यतिनै मात्रामा प्रजातन्त्र सुदृढ भएर जान्छ । त्यसपछि मात्रै नेपालमा फेरि प्रजातन्त्रमा संकट आउँदैन ।’ प्रजातन्त्रमा फेरि संकट आउन नदिन कांग्रेस एकढिक्का हुनुको विकल्प नरहेको देउवाको दाबी छ । शनिबारको कार्यक्रममा उहाँले सभापति देउवाले गठबन्धन बनाएर चुनाव लडेका कारण नेपाली काँग्रेस सबैभन्दा ठूलो पार्टी बन्न पुगेको स्मरण गराउनुभयो । समाचारपत्रबाट

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);