कोइराला थर हुँदैमा कांग्रेसको नेतृत्व पाइँदैन : देउवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

कोइराला थर हुँदैमा कांग्रेसको नेतृत्व पाइँदैन : देउवा

deuba

वीरगन्ज, ८ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोइराला थर हुँदैमा पार्टीको नेतृत्व गर्न नपाइने बताएका छन् । बुधवार वीरगन्ज आएका देउवाले कांग्रेस पार्टीमा विश्वेश्वरप्रसाद कोइराला र गिरिजाप्रसाद कोइरालाको योगदान भएपनि भाई भतिजा भएकै भरमा नेतृत्व दाबी गर्न नमिल्ने बताए ।

देउवाले पार्टीका नेताहरुको गुटकै कारण निर्वाचनमा कांग्रेस पराजित भएको भन्दै एकजुट भएर पार्टीलाई बलियो बनाउनेतर्फ लाग्नु पर्नेमा जोड दिए । उनले कांग्रेस नेताहरुमा पार्टी बलियो बनाउने भन्दा पनि नेतृत्व कसरी पाइन्छ भन्नेमा ध्यान केन्द्रित हुनु गलत भएको उल्लेख गरे ।

सभापति देवाले नेपाली कांग्रेसका लागि प्रजातन्त्र जीवन मरणको सवाल भएको भन्दै त्यसलाई कसैले मास्न नसक्ने बताए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);