स्थानीय तह निर्बाचनका लागी रुकुममा १ लाख १ हजार ९ सय ३२ मतदाता | ईमाउण्टेन समाचार

Our Network

पुष २७ २०८१, शनिबार

स्थानीय तह निर्बाचनका लागी रुकुममा १ लाख १ हजार ९ सय ३२ मतदाता

मेगराज खड्का
रुकुम ५, बैशाख ः बैशाख ३१ गते हुन गईरहेको स्थानीय तह निर्बाचनका लागी रुकुममा जम्ममा १ लाख १ हजार ९ सय ३२ जना मतदाता रहेका रहेका छन । जिल्ला निर्बाचन कार्यालय रुकुमका अनुसार जसमा ५१ हजार १ सय ५३

स्थानीय तह निर्बाचनका लागी रुकुममा १ लाख १ हजार ९ सय ३२ मतदाता

स्थानीय तह निर्बाचनका लागी रुकुममा १ लाख १ हजार ९ सय ३२ मतदाता मेगराज खड्का रुकुम ५, बैशाख ः बैशाख ३१ गते हुन गईरहेको स्थानीय तह निर्बाचनका लागी रुकुममा जम्ममा १ लाख १ हजार ९ सय ३२ जना मतदाता रहेका रहेका छन । जिल्ला निर्बाचन कार्यालय रुकुमका अनुसार जसमा ५१ हजार १ सय ५३ महिला र ५० हजार ७ सय ७८ पुरुष छन । २०७० सालको संविधानसभा निर्वाचनमा भन्दा १५ हजार ५ सय ६० मतदाता बढेका छन् ।

 

रुकुममा ३ नगरपालिका सहित ९ वटा स्थानीय छन । जसमा सबैभन्दा बढी मतदाता रुकुम सदरमुकाम समेत रहेको मुसिकोट नगरपालिकामा रहेका छन भने सबैभन्दा कम पुथा उत्तरगंगा गाउँपालिकामा रहेका छन । जसअनुसार रुकुमको मुसिकोट नगरपालिकामा १५ हजार ९ सय ३५, आठविसकोट नगरपालिकामा १५ हजार ८ सय ४५ र चौरजहारी नगरपालिकामा १४ हजार ९ सय १९ मतदाता रहेको जिल्ला निर्बाचन कार्यालय रुकुमका जिल्ला निर्बाचन अधिकारी कमलमणी देवकोटाले जानकारी दिए ।

 

उनका अनुसार रुकुमको त्रिबेणी गाउँपालिकामा १० हजार ५ सय ९१, सानीभेरी गाउँपालिकामा १० हजार ४ सय २६, बाँफिकोट गाउँपालिकामा ९ हजार ७ सय ३५ मतदाता रहेका छन । त्यस्तै भुमे गाउँपालिकामा ८ हजार ५ सय ५५, सिस्ने गाउँपालिकामा ८ हजार ३ सय ६८ र पुथाउत्तरगंगा गाउँपालिकामा ७ हजार ५ सय ५८ मतदाता रहेका रहेका छन । जिल्लामा १ सय ४ वटा मतदान स्थलहरु रहेका छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);