पुनः राष्ट्रपति बन्ने ट्रम्पको योजनामा धक्का लाग्न सक्ने | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

पुनः राष्ट्रपति बन्ने ट्रम्पको योजनामा धक्का लाग्न सक्ने

एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि ह्वाइट हाउस छोडेपछि गोप्य दस्तावेजहरूको व्यवस्थापनलाई लिएर औपचारिक रूपमा अभियोग दायर गरिएको छ ।

यो अभियोगमा ट्रम्पले कैयौँ आरोप सामना गर्नुपर्ने अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् । जसमा न्यायमा बाधा पु¥याएको, षडयन्त्र गरेको र गलत वक्तव्य दिएको लगायतका छन । ट्रम्पलाई आगामी मंगलबार अदालतमा उपस्थित हुन भनिएको छ । ट्रम्पले आफू निर्दोष रहेको दाबी गरिरहनु उल्लेख गरेका छन् ।

अभियोजकहरूले फ्लोरिडास्थित ट्रम्पको घरमा राखिएका करिब ११ हजार दस्तावेजको परीक्षण गरेपछि सातवटा अभियोग लगाएर अभियोग दायर गरिएको हो । जसमध्ये एउटा स्वीकृतिबेगर गोप्य दस्तावेजहरू आफूसँग राखेको पनि छ । यो ट्रम्पमाथिको दोस्रो अभियोजन हो । अमेरिकी पूर्वराष्ट्रपतिमाथिको पहिलो सङ्घीय अभियोजनको रूपमा यसलाई लिइएको छ।

सन् २०२४ को आम चुनावबाट राष्ट्रपति निर्वाचित हुने ट्रम्पको योजनामा धक्का लाग्ने बताइएको छ । ट्रम्पले सत्तारूढ दलबाट आगामी चुनावमा हस्तक्षेप गर्ने उद्देश्य राखेर षडयन्त्र गरेको आरोप लगाउनु भएको छ । अघिल्लो वर्ष ट्रम्पको फ्लोरिडास्थित घरमा छापा हानेर जफत गरिएका ११ हजार दस्तावेजमाध्ये १०० वटा गोपनीयताका दृष्टिले संवेदनशील मानिएको छ । अमेरिकामा राष्ट्रपतिदेखि कुनै पनि सङ्घीय अधिकारीले गोप्य दस्तावेजलाई हटाउने वा अनधिकृत स्थानमा आफूसँग राख्नु कानुनविपरीत हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);