संघीय निजामती सेवा ऐन लेखिसक्यौँ, कानून र अर्थ मन्त्रालय पठाएका छौँः मन्त्री मोदी | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

संघीय निजामती सेवा ऐन लेखिसक्यौँ, कानून र अर्थ मन्त्रालय पठाएका छौँः मन्त्री मोदी

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐन लेखनको काम सकिएको बताउनुभएको छ ।

बिहीवार मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा बोल्दै उहाँले मन्त्रालयले संघीय निजामती सेवा ऐन लेखिसकेको बताउनुभएको हो । उहाँले मन्त्रालयले सरोकारवाला सबै पक्षसँग विभिन्न समयमा छलफल गरी लेखनको काम सकेको जानकारी दिनुभयो । उहाँले ऐनलाई अर्थ मन्त्रालय र कानून मन्त्रालयमा पठाइएको र ति मन्त्रालयहरुबाट सहमती आउन बाँकी रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘मैले संघीय निजामती सेवा ऐन बनाउने काम गरेँ । हाम्रो मन्त्रालयमा विभिन्न सरोकारवालाहरु सँग, पूर्व प्रधानमन्त्रीहरुसँग, पूर्व मन्त्रीहरुसँग, पूर्व प्रशासकहरुसँग, बहालवाला प्रशासकहरुसँग, सचिवहरुसँग, ट्रेड युनियनका साथीहरुसँग सबै सरोकारवालाहरुसँग सबै कुराहरु सुन्ने काम गरेर निजामती सेवा ऐनलाई अगाडी बढाउने काम ग¥यौँ । हाम्रो मन्त्रालयको तर्फबाट शुरुवात गरेर लेखनको कुरा सकिसकेर अर्थ मन्त्रालय र कानून मन्त्रालयमा पठाएका छौँ । कानून र अर्थको सहमती आउन बाँकी छ ।’

मन्त्री मोदीले तोकिएको क्षेत्रमा नजाने कर्मचारीहरुप्रति कडाइ गर्दै समस्या समाधानमा आफू दत्तचित्त भएर लागेको बताउनु भयो ।

उहाँले स्थानीय तहलाई बेरुजु नियन्त्रणका लागि मन्त्रालयबाट परिपत्र जारी गरेको तथा आगामी बजेटमा जनजाति, मधेशी, दलित, पिछडिएका क्षेत्रका जेहेन्दार विद्यार्थीलाई लोकसेवा निःशुल्क पढाउने व्यवस्था मिलाएको बताउनु भयो । उहाँले निजामती अस्पतालाई शिक्षण अस्पतालका रुपमा विकास गर्ने र सातै प्रदेशमा विस्तार गर्ने योजना रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘बेरुजु नियन्त्रणका लागि ७५३ वटा लाई नै सैद्धान्तिक रुपमा १८ बुँदे मन्त्रालयबाट परिपत्र जारी गरेका छौँ । क्षमता विकासका लागि पत्राचार गरेका छौँ । जस्तोः जनजाति, मधेशी, दलित, पिछडिएका क्षेत्रका जेहेन्दार विद्यार्थीलाई लोकसेवा निःशुल्क पढाउन आउने बजेटमा, सबै तहमा पत्राचार गरेको । निजामती अस्पतालाई शिक्षण अस्पतालमा विकास गर्ने र सातै प्रदेशमा बिस्तार गर्ने भनिएको छ ।’

मन्त्री मोदीले पालिका प्रमुखहरु विदेश भ्रमणका जाने कुरामा पनि कडाइ गरेको बताउनु भयो । आफु खुशी विदेश भ्रमणमा जानलाई रोक लगाउँदै परराष्ट्र मन्त्रालयमार्फत सबै प्रक्रिया नपु¥याइकन जान नदिएको बताउनु भयो । सरकारी खर्चमा विदेश भ्रमणमा जान नदिएको उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘पालिका प्रमुख विदेश भ्रमण जथाभावि जाने गरेका छन् । हामीले कडाइ गरेका छौँ विदेश भ्रमण जाँदा सम्बन्धित निकायले बोलाएको छ कि छैन हेरेका छौँ । आफूखुशी जाने लाई रोक लगाएका छौँ । परराष्ट्रमार्फत सबै प्रक्रिया नपु¥याइकन हामी कसैलाई जान दिएका छैनौँ । हामी नेपाल सरकारको व्ययभार पर्नेगरी जान दिदैँनौँ ।’

उहाँले सञ्चारमाध्यममा आएजस्तो आफूलाई मन्त्रीबाट फिर्ता बोलाउन लागिएको बारे जानकारी नभएको बताउनु भयो । उहाँले मन्त्रिपरिषद्मा थारु समुदायको आफू एक्लै रहेको र खराब काम पनि नगरेको भन्दै प्रधानमन्त्रीले आफूलाई फिर्ता नबोलाउनेमा विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘मान्छेको जीवन त सधैँ रहदैन । यो पद, प्रतिष्ठा भनेको आवधिक हो । कुन बेला कतिखेर कसको पद जान्छ टुंगो हुँदैन । तर अहिले मेरै पदको कुरामा भन्नुभयो भने मन्त्री पदमा, त्यस्तो लाग्दैन । किनभने प्रधानमन्त्रीले बुझ्नुभएको छ । मेचीदेखि महाकालीसम्म म थारु समुदायको मान्छे जातिय रुपमा । क्याबिनेटमा एउटा थारु छु म । त्यसमा पनि म त्यति साह्रै खराब काम गर्ने मान्छे पनि होइन । उहाँको कुरा मलाई थाहा छैन । तर मलाई अहिलेसम्म जानकारी त्यस्तो छैन ।’

मन्त्री मोदीले आफू मन्त्री भएर आएसँगै मन्त्रालय र कर्मचारी प्रशासनभित्र सुधारका कामहरु गरेको बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);