अध्यादेशमार्फत नै भएपनि निजामति ऐनलाई ल्याउनुपर्छ : मन्त्री श्रेष्ठ | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

अध्यादेशमार्फत नै भएपनि निजामति ऐनलाई ल्याउनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लिलानाथ श्रेष्ठले संघीय निजामति ऐनलाई अध्यादेशमार्फत ल्याउनुपर्ने बताएका छन्

शुक्रबार मन्त्रालयमा कार्यभार सम्हाल्दै मन्त्री श्रेष्ठले देशको राजनीतिक अस्थिरताका कारणले समयमै संघीय निजामती ऐन नआएको कारण कर्मचारीको पदपुर्ति र बढुवा रोकिदाँ कर्मचारीको मनोबल गिरेको भन्दै अध्यादेश मार्फत् नै भएपनि निजामति ऐनलाई ल्याउनुपर्ने बताएका हुन् ।

कर्मचारीको लागि पदपुर्ति, बढुवा लगायतका मुलभुत कुराहरुलाई समेटेर अध्यादेश ल्याउनको निम्ति मुख्यसचिव, प्रधानमन्त्री र आफुबीच छलफल भएको भएपनि नागरिकता सम्बन्धी अध्यादेशलाई सर्वोच्च अदालतले रोकेपछि पछि हट्नुपरेको मन्त्री श्रेष्ठले बताए । संसद नभएको अवस्थामा सरकारले अध्यादेश ल्याउन पाउने संविधानमा नै उल्लेख गरेको भन्दै उनले अध्यादेश ल्याउने सम्बन्धमा अध्ययन गरिरहेको पनि बताए ।

मन्त्री श्रेष्ठले भने – ‘यो संघीय निजामती ऐनलाई मुलभुत कुरा लगाउनुपर्ला नभए राष्ट्रको स्थायी सरकारले मनोबल गि¥यो भने कसरी काम गर्छ ? त्यसै कारणले यो आझेलमा राख्नु हुँदैन जानुपर्छ भनेर मेरो, मुख्यसचिवको सहमती भएर अगाडी बढाउने कुरा भएको थियो । तर नागरिकताको रिजेल्ट आइसकेपछि फेरी हामी अलिकति स्टप भयौँ । नीजामति ऐनको म त देखिरहेको छु यो हाउसबाट अहिले तत्कालै निर्णय होला, के होला नहोला त्यो अन्योल नै कुरा छ । यस तर्फ हाम्रो गम्भिर ध्यान गएको छ । हाउस नचलेको बेला लग्नसक्छ सरकारले आवश्यकता अनुसार भनेको छ संविधानले । त्यसकारण यो लग्नुपर्छ भन्नेमा नै छु म चाहीँ । अध्यययन गर्दैछौँ के गर्ने भन्नेमा ।’

मन्त्री श्रेष्ठले केन्द्रको राजनीतिको कारण प्रदेश र स्थानीय तहमा समेत अनुशासनहिनता बढको बताए । उनले चिनबाट कोभिड – १९ विरुद्धको ४० लाख खोप ल्याउने कुरा अगाडी बढिरहेको पनि बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);