काठमाडौं, २५ जेठ । कालिकोटको रास्कोट–२ सेराचौर बसपार्कमा जिप दुर्घटना भएको छ ।
ग ३ च ४६१० नम्बरको जीप ब्याक गर्ने क्रममा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
प्रहरीको अनुसार मृत्यु हुनेमा मनबहादुर शाही र मनकुमारी शाही रहेका छन् ।
दुर्घटनामा परी रिता शाही गम्भिर घाइते भएको प्रहरीले जनाएको छ ।