कोशी प्रदेशमा को बन्ला मुख्यमन्त्री ? | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

कोशी प्रदेशमा को बन्ला मुख्यमन्त्री ?

काठमाडौं, २४ जेठ । नेकपा एमालेका हिक्मतकुमार कार्की नेतृत्वको कोसी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिने निर्णय गरेको छ । मंगलबार बसेको कोसी प्रदेश संसदीय दल र माओवादी केन्द्र प्रदेश कार्यालयको बैठकले सो निर्णय गरेको हो ।
माओवादीले कोसी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ भने २ मन्त्रीले राजीनामा समेत बुझाइसकेका छन् । भौतिक पूर्वाधार विकास मन्त्री दुर्गाप्रसाद चापागाई र पर्यटन,वन तथा वातावरण मन्त्री जीवन आचार्यले मुख्यमन्त्री कार्कीलाई मंगलबार राजीनामा बुझाएका हुन् । उनीहरु गत पुस २५ गते मन्त्री नियुक्त भएका थिए ।

माओवादी भित्र सरकारलाई दिएको समर्थन फिर्ता लिएर आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने समेत छलफल भइरहेको छ । त्यसका लागि नयाँ सरकार गठन गर्न पार्टीभित्र समिति पनि बनाइएको बुझिएको छ ।

माओवादी सरकारबाट बाहिरिएसँगै कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ । जसपाको तर्फबाट स्वास्थ्यमन्त्री रहेकी निर्मला लिम्बुले राजीनामा दिइसकेकी छिन् । अब एमालेलाई राप्रपाको मात्र समर्थन छ । एमाले र राप्रपाको सिट संख्या जोड्दा ४६ मात्रै पुग्छ । सरकार निर्माणका लागि ४७ सिट आवश्यक पर्छ ।

अब अल्पमतमा परेका कार्कीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । उनले विश्वासको मत नपाए सरकार स्वतः ढल्न सक्ने संवैधानिक व्यवस्था रहेको छ । ९३ सदस्यीय प्रदेश सभामा कार्कीले एमालेको ४०, माओवादीको १३, राप्रपाको ६ र जसपाको १ जना प्रदेशसभा सदस्यको समर्थन पाएका थिए । कांग्रेसको २९,माओवादीको १३, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ गरी ४७ सांसद सरकार बाहिर छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);