काठमाडौं, २५ पुष । प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम तोक्ने विषयमा सरकार आफैँ अस्पष्ट देखिएको छ । विपक्षी दलको सहमति पाए तत्कालै दुवै काम गर्ने तयारीमा रहेको सरकारका मन्त्रीहरु नै फरक–फरक अभिव्यक्ति दिइरहेका छन् । यता विपक्षी दलले पनि त्यस विषयमा सरकारलाई साथ दिने छाँटकाट देखाएको छैन ।




