पूर्वनासु श्रेष्ठले अर्थमन्त्रालयमा कसरी प्रवेश पाए ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

पूर्वनासु श्रेष्ठले अर्थमन्त्रालयमा कसरी प्रवेश पाए ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले पनि बजेट निर्माणमा अनाधिकृत व्यक्ति रामकृष्ण श्रेष्ठलाई कसरी सहभागि गरियो भन्ने प्रश्न गर्नुभएको छ ।

उहाँले विद्युतीय गाडीमा लगाइने करको सम्बन्धमा सूचना चुहाइएको भन्दै यसको सम्बन्धमा पनि अर्थमन्त्रीबाट जवाफको माग गर्नुभयो । उहाँले भन्नुभयो – ‘जेठ १४ गते राती आर्थिक विधेयक फाइनल गर्ने क्रममा भन्सार विभागका पूर्वनासु रामकृष्ण श्रेष्ठलाई सहभागि गराइएको भन्ने छ, वास्तविक कुरो के हो ? अर्थमन्त्रीले रोष्टमबाट जवाफ चाहिन्छ । इलेक्ट्रिकल भेकल्सलाई भन्सार दर बढाएको यस्तो अति संवेदनशील बजेट अगाडी चुहाएर, व्यवसायीहरुलाई लाभ पु¥याएर, बजेट भाषणको मुखमा ११ सयभन्दा बढी ४ पांग्रे विद्युतिय सवारी गाडी अस्वभाविक रुपमा नेपाल भित्राएका छन् भन्ने कुरा छ, त्यसबाट सरकारले ९० करोड राजश्व गुमाएको भन्ने छ जवाफ चाहिन्छ । पूर्वनासु श्रेष्ठले कसरी प्रवेश पाए ? यसको जवाफ चाहिन्छ । कसको स्वार्थका लागि कसको प्रतिनिधि बनाएर कसको प्रतिनिधि बनाएर आर्थिक विधेयक बनाउन अति गोप्य कक्षमा लगिएको हो राप्रपालाई स्पष्ट जवाफ चाहिन्छ ।’

सांसद शाहीले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री प्रकाश शरण महतले दिइसक्नुभएको छ ।

हेर्नुहोस अर्थमन्त्रीको जवाफः

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);