राष्ट्रिय सभा बैठक स्थगित | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८१, बिहीबार

राष्ट्रिय सभा बैठक स्थगित

काठमाडौं, जेठ २३ । आज बोलाइएको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । बिहान ११ बजेर ११ मिनेटमा बस्नेगरी बोलाएका संसद् सचिवालयले स्थगितको सूचना टाँस गरेको हो ।

संसद् सचिवालयले जारी गरेको सूचनामा भनिएको छ,‘जेठ २३ गते मंलबार बिहान ११ः११ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद, राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय अध्यक्षज्यूले २०८० साल जेठ २४ गते बुधबार बिहान ११ः११ बजे बस्ने गरी निर्धारण गर्नुभएको ब्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बोल्ने कार्यसूची थियो । प्रधानमन्त्री प्रचण्ड मंगलबार खप्तड जाँदैछन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);