प्रतिनिधि सभा बैठक फागुन २ गते, संसद् सचिवालयले जारी गर्‍यो सूचना | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

प्रतिनिधि सभा बैठक फागुन २ गते, संसद् सचिवालयले जारी गर्‍यो सूचना

काठमाडौं । प्रतिनिधि सभाको बेठक फेरि सरेको छ । संघीय संसदका महासचिव भरतराज गौतमले मंगलबार राति एक सूचना जारी गर्दै माघ २६ गते बुधबार दिनको १:०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारणले उक्त दिन र समयमा बस्न नसक्ने जनाकारी गराएका हुन् । उनका अनुसार बैठक फागुन २ गते दिउँसो १ बजे बस्ने छ । 

सूचनामा भनिएको छ ,’ प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले मिति २०७८ साल फागुन २ गते सोमबार दिनको १:०० बजे बैठक बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा मा. सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);