सरकारले व्यापार गर्दैन, व्यापार निजी क्षेत्रले नै गर्ने हो : मन्त्री रिजाल | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

सरकारले व्यापार गर्दैन, व्यापार निजी क्षेत्रले नै गर्ने हो : मन्त्री रिजाल

काठमाडौं, २३ जेठ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकार व्यापार गर्ने काममा लाग्नु नहुने बताउनुभएको छ । मंगलवार जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले व्यापार गर्ने नभइ व्यापारका लागि सहजीकरण गरिदिने बताउनु भयो ।

उहाँले व्यापार निजी क्षेत्रले गर्ने भएकाले सरकारले निजी क्षेत्रलाई व्यापारका लागि सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले वर्तमान सत्ता गठबन्धन ५ वर्ष नै टिक्ने बताउँदै उहाँले उद्योग क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताउनु भयो । उहाँले बजेटको ट्रेडिसनल सिस्टम पञ्चायत कालदेखि नै रही आएकाले यसलार्य परिवर्तन नगरेसम्म देश र उद्योगीहरु सुखी हुन नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकरले व्यापार गर्ने होइन, निजी क्षेत्रले गर्ने हो व्यापार भनेको । सरकारले त मात्र सहयोग गर्ने हो । के गर्नुपर्छ बाटो बनाइदिने हो । अहिलेको गठबन्धन सरकारले तपाईहरुका समस्या समाधान गर्नेछ । प्रधानमन्त्रीले संसदमा जवाफ दिँदा बजेटको ट्रेडिसनल सिस्टम पञ्चायत कालदेखि नै आएको छ । त्यसलाई परिवर्तन गर्न नसक्ने हो भने न देश सुखी रहन्छ न उद्योगपति सुखी रहन सक्छन् । सरकार कटिवद्ध छ । राजनीतिक स्थिरताका नहुँदा विगतमा समस्या आयो तर अब यो गठबन्धन सरकार ५ वर्ष नै चल्छ मलाई लाग्छ ।’

देश बनाउनका लागि संघीय सरकारलाई मात्रै कराएर नहुने बरु सबै मिलेर सहकार्य गरी कम गरे देश विकास गर्न समय नलाग्ने बताउनु भयो । उहाँले पहाडबाट बगेर जाने बालुवाहरुको उत्खनन गरी बिक्री गर्दा बिरोध भइरहेको भन्दै आपत्ति जनाउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);