प्रधानमन्त्री दाहालले दिन्छन् त सुरुमै प्रष्टिकरण ! | ईमाउण्टेन समाचार

Our Network

फागुन २० २०८२, बिहीबार

प्रधानमन्त्री दाहालले दिन्छन् त सुरुमै प्रष्टिकरण !

काठमाडौं, २२ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसद बैठकमा सुरुमै प्रष्टिकरण दिने तयारी गरेका छन् ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित राप्रपा र रास्वपाले आइतबार संसद चल्न नदिएपछि प्रचण्डले आज सुरुमै प्रष्टिकरण दिने तयारी गरेको बुझिएको छ ।

दाहालले आइतबार साझ सभामुख देवराज घिमिरेसँग फोनमार्फत संसदको अवरोध हटाउन आग्रह गरेका थिए ।

प्रचण्डको भारत भ्रमणको क्रममा दिएको अभिव्यक्ति र राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणिकरण गरेको नागरिकता विधेयकको विषयमा रोस्टममै बसेर प्रष्टिकरण दिनु पर्ने र विधेयक फिर्ता संशोधन गर्नुपर्ने विपक्षी दलहरुले अडान लिएका छन् ।

Leave a Reply