शरणार्थी प्रकरणमा आज पनि थुनछेक बहस हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

शरणार्थी प्रकरणमा आज पनि थुनछेक बहस हुने

काठमाडौं, २२ जेठ । नक्कली भूटानी शरणार्थी प्रकरणको मुद्दामा आज पनि थुनछेक बहस हुनेछ । काठमाडौँ जिल्ला अदालतमा आईतवारबाट शुरु भएको थुनछेक बहस आज पनि जारी रहने भएको हो । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा शुरु भएको बहसको पहिलो दिन सरकारी वकिलका कार्यालयका दुई जना वकिलले मात्रै बहस गर्नुभएको छ ।

पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण, निलम्वित सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायतका अदालतमा उपस्थित गराएर सरकारी वकिलहरूले थुनछेक बहस गरेका थिए । थुनछेक बहस जेठ ३१ गतेसम्म जारी रहनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);