आज साझ सन्दीप लामिछाने दक्षिण अफ्रिका जाँदै | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८१, सोमबार

आज साझ सन्दीप लामिछाने दक्षिण अफ्रिका जाँदै

sandeep

काठमाडौं, २२ जेठ । नेपाली स्पीनर सन्दीप लामिछाने राष्ट्रिय टोलीसँग अभ्यास खेलका लागि आज साँझ दक्षिण अफ्रिका जाने भएका छन् । जिल्ला अदालत काठमाडौंले उनीविरुद्धको बलात्कारसम्बन्धी मुद्दाको पेशी आगामी असार २९ गतेका लागि तोकेपछि नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई दक्षिण अफ्रिका पठाउने भएको हो ।

क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले सन्दीपलाई सोमबार साँझ दक्षिण अफ्रिका जाने पुष्टि गरे । सन्दीपलाई राष्ट्रिय टोलीसँग अभ्यास खेलमा सहभागी गराउन दक्षिण अफ्रिका पठाउने निर्णय भएको हो । दक्षिण अफ्रिकामा अभ्यास म्याच खेल्न राष्ट्रिय टोलीका अरु सदस्य मंगलबार नै त्यसतर्फ गइसकेका छन् । तर अदालतले फैसला दिने गरी तयारी गरेर सुनुवाइ पनि अघि बढाएका बेला सन्दीप जानबाट रोकिएका थिए । उच्च अदालत पाटनले गत पुस २९ गते जेलबाट रिहा गर्ने गरी दिएको आदेशमा सन्दीपलाई विदेश जान लगाएको रोक सर्वोच्च अदालतले बदर गरिसकेको छ

। तर, सन्दीपले हरेक २१ दिनमा जिल्ला अदालतमा उपस्थित हुनुपर्ने बाध्यात्यमक प्रावधानले उनी मंगलबार त्यता जान पाएनन् । यसबीचमा यो मुद्दालाई लिएर सन्दीपका वकिलहरुले कम्तीमा डेढ महिना पर पेशी सार्न अदालतमा निवेदन दिएका थिए । अदालतबाट उक्त निवेदन स्वीकृत हुँदै अर्को पेशी आगामी असार २९ गतेलाई मात्रै तोकिएपछि सन्दीप दक्षिण अफ्रिका जाने भएका हुन् । दक्षिण अफ्रिकामा नेपालले चारवटा अभ्यास खेल खेल्नेछ । त्यसपछि टोली त्यहीँबाट विश्वकपको ग्लोबल छनोट खेलमा सहभागी हुन जिम्बाब्वे उड्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);