नरी बडु, ४ बैसाख,बैतडी
बैतडीको दुर्गम साविकको दुर्गास्थान गाविसको ऐचेकडाँ, डोबरा र खापरक्षेत्र लगायतका गाँउहरुमा गाडी पुगेपछि स्थानीयमा खुसियाली छाएको छ । एक दिनको पैदलयात्रा गरेर देहीमाण्डौ बजारबाट सामान ढुवानी गर्ने उक्त क्षेत्रका नागरिकहरुमा गाँउमै गाडी पुगेपछि खुसियाली छाएको हो । सडक निर्माणका लागि उक्त क्षेत्रका स्थानीयले चन्दा संकलन गरेका थिए । स्थानीयले गरेको चन्दा संकलनबाट सडक निर्माण गरीएको स्थानीय अगुवा चक्रप्रसाद शर्माले बताउनुभयो ।
सडक पुगेपछि त्यस क्षेत्रका धार्मिक एवमं प्रर्यटकिय क्षेत्रको विकासमा समेत टेवा पुग्ने शर्माको भनाई छ । उक्त क्षेत्रमा खापर क्षेत्र र ग्वाल्लेक केदार लगायतका महत्वपुर्ण धार्मिक एवमं प्रयटकिय क्षेत्रहरु रहेका छन् । गाडी पुगेपछि स्थानीय बालवालिका, महिला र वृद्धबृद्धाहरुले खुसि व्यक्त गरेका छन् । उक्त क्षेत्रमा रहेको प्रसिद्ध गुफा हेर्नका लागि जिल्ला तथा जिल्ला बाहिरका पर्यटकहरु भित्रिने स्थानीयले आसा गरेका छन् ।
सडक निर्माणमा क्रियासिल जनताहरुले प्रति परिवार ५ हजार देखि ८० हजार सम्म चन्दा संकलन गरिरहेको स्थानीय माहादेव बडुले बताउनुभयो । पञ्चेश्वर परियोजनालाई लक्षित गरी देहिमाण्डौँ दुर्गास्थान सलेना सडक खण्डको असिमी मन्दीरदेखि देउथली गुफा सम्म स्थानीयले चन्दा संकलन गरी करीब ५ किलोमिटर सडक खनेका हुन् ।