शरणार्थी प्रकरणमा आजदेखि थुनछेक बहस | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

शरणार्थी प्रकरणमा आजदेखि थुनछेक बहस

काठमाडौं, २१ जेठ । नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउन खोजेको प्रकरणमा मुछिएका आरोपीमाथिको थुनछेक बहस आजदेखि सुरु हुँदैछ ।

१८ जना पक्राउ परेकाहरुको बयान शुक्रबार सकिएपछि आजदेखि थुनछेक बहस सुरु हुन लागेको हो । थुनछेकको बहस सकिएपछि आरोपीहरुलाई पुर्पक्षमा पठाउने वा नपठाउने भन्ने बारेमा निर्णय हुन्छ ।

काठमाडौं जिल्ला अदालतले पक्राउ परेका १८ जनाको बयान लिइसकेको छ ।

सरकारी वकिलको कार्यालय काठमाडौंले ३० जनाविरुद्ध संगठित अपराध, किर्ते, ठगी तथा राज्य विरुद्धको आरोप गरी मुद्दा लगाउँदै २७ करोड ५० लाख बिगो दाबीसहित काठमाडौं जिल्ला अदालतमा जेठ १० गते मुद्दा दायर गरेको थियो ।

यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, निलम्बित सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, केशव दुलाल र सानु भण्डारीलगायत १८ जनासँग काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेलगायतले बयान लिएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);