धर्म गौतम, ४ बैशाख ईलाम ।
महाकाली नदी किनारमा नेपाल आमाको मूर्ति स्थापना गर्न स्रोत संकलनका लागि मेची महाकाली यात्रामा निस्केका नेपाली जगत गुरु बाल सन्त मोहन शरण देवाचार्य इलाम आइपुगेका छन् । यो उनको भ्रमणको ५७ औं जिल्ला हो ।
इलाममा उनले दुई दिन सप्तमाई गुरुकूल संस्कृत वाङ्मय अध्ययन अनुसन्धान केन्द्रमा बसेर यस भेगका मानिसहरुसंग भेटघाट गरे भने सदरमुकाममा आयोजित एक धार्मीक सभालाई सम्बोधन समेत ।
पूर्वमा सप्तकौशिकी कुम्भ मेला सम्पन्न गराएका नेपाली जगत गुरुले पश्चिमी नेपाललाई पनि चर्चित बनाउन महाकाली नदी किनारमा नेपाल आमाको ७५ फिट अग्लोे अष्ट धातुको मूर्ति स्थापना गर्न लागेको उनले बताए ।
धार्मिक सभालाई सम्बोधन गरेपछि जगत गुरु स्थानीय वासिन्दाका साथ नगरमा सहयोग संकलनमा निस्केका थिए । नगरवासीले नगदका साथ आप्mना घरमा रहेका धातुका मालसामान समेत मूर्ति बनाउने प्रयोजनका लागि उपलब्ध गराएका थिए ।