प्रचण्डको भारत भ्रमणमा के के भयो | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

प्रचण्डको भारत भ्रमणमा के के भयो

काठमाडौं, १८ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा नेपालले भन्दा भारतले नै लाभ लिन सक्यो । कुनैपनि देशको प्रधानमन्त्रीको विदेश भ्रमणमा देशले लिनसक्ने लाभकै लेखाजोखा बढी हुन्छ । तर, यो भ्रमणमा भारतले बढी लाभ लिन सकेको छ ।

भारतले चाहेको तल्लो अरुणको विद्युत विकास सम्झौता पीडीए गर्ने कुरा टुंगिएको छ । भारतीय कम्पनीले फुकोट कर्णाली आयोजना निर्माण गर्ने सम्झौता भएको छ ।
सीमापार पेट्रोलियम पाइपलाइन विस्तार, चाँदनी दोधारामा एकीकृत जाँच चौकी निर्माण, डिजिटल पेमेन्ट सम्झौता, नेपाल र भारतबीच पारवहल सम्झौता नवीकरण भएको छ । यी सबैमा भारतकै स्वार्थ बढी देखिन्छ ।

प्रधानमन्त्री प्रचण्डले भनेजस्तो पश्चेश्वरमा आइसब्रेक भएन । दुवै पक्षले पुरानै रटान लगाएका छन् । हवाई रुटमा सम्झौता भएन । नेपालले भैरहवा र पोखरा विमानस्थलका लागि पश्चिमतर्फको हवाई रुट पाउनुपर्ने विषय उठाउँदै आएको थियो । यसपटकको भ्रमणमा भारत एयर रुट दिनेमा सहमति बनाउन सकेन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);