काठमाडौं, १७ जेठ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्न नमिल्ने दाबीसहितको रिट दरपिठ भएको छ ।
अधिवक्ता धुर्वलाल श्रेष्ठले कानुनी रिक्तताको कारण कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्न तर्कसहित रिट लिएर सर्वोच्च पुगेका थिए । सर्वोच्च प्रशासनले दरपिठ गरिदिएको हो ।
कामुको जिम्मेवारीमा रहेका कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्न संवैधानिक परिषदले गत वैशाख २५ गते गरेको सिफारिस अनुसार संसदीय सुनुवाइ समितिको मंगलबार बसेको बैठकले कार्कीविरुद्ध कुनै उजुरी भए जेठ २६ गतेभित्र गर्न आह्वान गरेको थियो ।