कामु प्रधानन्याधीश कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने संवैधानिक परिषदको निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

कामु प्रधानन्याधीश कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने संवैधानिक परिषदको निर्णय

काठमाडौं । संवैधानिक परिषदले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश सिफारिस गर्ने निर्णय गरेको छ ।

सोमबार अपरान्ह प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा बसेको परिषद्को बैठकले कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको हो । कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने सर्वसम्मत निर्णय गरिएको परिषदका पदेन समस्य रहनु भएका भएका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिनु भयो ।

प्रधानन्यायाधीश नियुक्तीका लागि सरकारमाथि चर्को दवाव परेको थियो । परिषदले कायममुकाय प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेपनि सुनुवाईका लागि भने संसदीय सुनुवाई विशेष समिति बनेको छैन । परिषदमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्ष दलका नेता एवम् एमाले अध्यक्ष केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ र प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना रहनु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);