काठमाडौं, १६ जेठ । आज क्रिकेटर सन्दीप लामिछानेबिरुद्धको बलात्कार मुद्दाको सुनुवाइ न्यायाधीश शंकर बहादुर राईको एकल इजलासमा परेको छ । सुनवाई काठमाडौं जिल्ला अदालतमा हुन लागेको हो ।
जिल्ला अदालत काठमाडौंको इजलास नम्बर १८ मा राईले सुनुवाइ गर्ने गरी मुद्दाको पेसी तोकिएको हो ।
न्यायाधीश फणिन्द्र पराजुलीको इजलासले किशोरीको उमेरको विवादमा पेस गरेको जन्म मिति सम्बन्धि प्रमाण जुटाउन आदेश दिएको हो ।
यो मुद्दामा पटक पटक अन्तिम सुनुवाइका लागि पेसी तोकिदै आएपनि सुनुवाई स्थगित हुँदै आएको थियो । सन्दीपविरुद्ध गत भदौ ५ गते आफूमाथि पटक–पटक बलात्कार गरेको आरोपमा एक किशोरीले जाहेरी दर्ता गरेकी थिइन् ।