‘‘अखंड भारत’ को नक्साले नेपाल–भारतबीच विवाद नित्याउँछ’ | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

‘‘अखंड भारत’ को नक्साले नेपाल–भारतबीच विवाद नित्याउँछ’

काठमाडौं, १६ जेठ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले भारतको भर्खरै उद्घाटन गरेको नयाँ संसद भवनमा ‘अखंड भारत’ को विवादास्पद नक्साले कूटनीतिक विवाद निम्त्यन सक्ने बताएका छन् । नेपालका निकटतम छिमेकीहरू बीचको द्विपक्षीय सम्बन्धलाई नयाँ नक्साले थप विश्वास ल्याउने उनको दाबी छ ।

डा.भट्टराईले २ देशका प्रधानमन्त्रीको ट्विट ह्यान्डललाई मेन्सन गर्दै ‘अखंड भारत’बारे समयमै खोलेर सञ्चार गर्नु भारतको बुद्धिमानी हुने तर्क प्रस्तुत गरेका छन् । उनले लेखेका छन्,‘भारतको भर्खरै उद्घाटन गरिएको नयाँ संसद भवनमा ‘अखंड भारत’ को विवादास्पद भित्तिचित्रले नेपाललगायत छिमेकीमा अनावश्यक र हानिकारक कूटनीतिक विवाद निम्त्याउन सक्छ । यसले भारतका निकटतम छिमेकीहरू बीचको द्विपक्षीय सम्बन्धलाई पहिले नै बिगार्ने विश्वासको घाटालाई अझ बढाउने सम्भावना छ। भारतीय राजनीतिक नेतृत्वले यस भित्तिचित्रको वास्तविक अभिप्राय र प्रभावलाई समयमै खोलेर सञ्चार गर्नु बुद्धिमानी हुनेछ।’

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);