ज्येष्ठ नागरिक भत्ता १ खर्ब ५७ अर्ब ७३ करोड विनियोजन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

ज्येष्ठ नागरिक भत्ता १ खर्ब ५७ अर्ब ७३ करोड विनियोजन

काठमाडौं, १६ जेठ । सरकारले ज्येष्ठ नागरिक भत्ता लगायत सामाजिक सुरक्षाका कार्यक्रमका लागि १ खर्ब ५७ अर्ब ७३ करोड विनियोजन गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ बजेट सार्वजनिक
गर्दै सामाजिक सुरक्षाका कार्यक्रमका लागि १ खर्ब ५७ अर्ब ७३ करोड विनियोजन गर्नुभएको हो।

उहाँले गत वर्षको भन्दा २३ अब बढी रकम यो शीर्षकमा छुट्ट्याउनुभएको हो । उहाँले चालु आर्थिक वर्षबाट ६८ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई प्रदान गरिँदै आएको मासिक ४ हजार रुपैयाँ भत्तालाई निरन्तरता दिइएको बताउनु भयो। उहाँले ६० वर्ष पूरा भएका दलित, एकल महिला, विपन्न, सीमान्तकृत वर्ग र समुदाय तथा बालबालिकालाई दिइँदै आएको सामाजिक सुरक्षा भत्ताका लागि रकम विनियोजन गरिएको पनि बताउनु भयो ।

उहाँले छात्रवृति, स्वास्थ्योपचार, स्वास्थ्य बीमा लगायतका क्षेत्रमा प्रदान गरिएको सामाजिक सुरक्षाका कार्यक्रमलाई निरन्तरता दिएको बताउनु भयो । उहाँले चालु आवमा सामाजिक सुरक्षा र औषधि उपचार तथा आर्थिक सहायताका लागि १
खर्ब ३४ अर्ब १ करोड रुपैयाँ विनियोजन गरिएको बताउनु भयो । उहाँले सरकारले सेवा निवृत्त कर्मचारीको पेन्सन दिन अतिरिक्त स्रोत खोज्नुपरेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);