प्रचण्डको भारत भ्रमण तालिका सार्वजनिक, मोदीसँग संयुक्त पत्रकार सम्मेलन हुने | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

प्रचण्डको भारत भ्रमण तालिका सार्वजनिक, मोदीसँग संयुक्त पत्रकार सम्मेलन हुने

काठमाडौं, १३ जेठ । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण १७ देखि २० जेठसम्म हुने भएको छ । नेपाल र भारतको विदेश मन्त्रालयले आज शनिवार विज्ञप्तिमार्फत् भ्रमण तालिका सार्वजनिक गरेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निम्तोमा प्रधानमन्त्री प्रचण्डको भ्रमण हुन लागेको हो । भ्रमण टोलीमा प्रचण्डकी छोरी गंगा दाहाल, मन्त्रीहरु, सचिवहरु र सरकारका उच्च पदस्थ कर्मचारी सहभागी हुनेछन् ।

जेठ १८ मा प्रचण्डले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा भेटवार्ता गर्ने उल्लेख छ । त्यसपछि संयुक्त पत्रकार सम्मेलन हुनेछ ।

प्रचण्डले भारतका राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जयदीप धनखडसँग पनि भेट्ने कार्यक्रम तय छ ।

प्रचण्डले उजेंन र इंडोरको पनि भ्रमण गर्ने तय छ । तेस्रोपटक प्रधानमन्त्री भएपछि यो प्रचण्डको पहिलो विदेश भ्रमण हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);