आलिया–रणवीरको रकी र रानीको फर्स्ट लुक सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

आलिया–रणवीरको रकी र रानीको फर्स्ट लुक सार्वजनिक

एजेन्सी, ११ जेठ । बलिउड कलाकार आलिया भट्ट र रणवीर सिंहको आगामी फिल्म रकी र रानीको प्रेम कहानी लामो समयदेखि चर्चामा छ । अब निर्देशक करण जोहरले मे २५ मा आफ्नो जन्मदिनको अवसर पारेर फिल्मको फर्स्ट लुक सार्वजनिक गरेका छन् ।

फ्यानहरू लामो समयदेखि रकी र रानीको प्रेमकथाको अपडेटको प्रतीक्षामा थिए। यसैबीच, सुटिङका केही भिडियो र तस्बिरहरू सामाजिक सञ्जालमा लिक भएका छन्, जसले मानिसहरूमा उत्साह थपेको छ।

करण जोहर विगत केही वर्षदेखि निर्देशकको कुर्सीबाट टाढा थिए तर उनी रकी र रानीको प्रेमकथाका लागि फेरि एकपटक फर्किएका छन् । अब करणले आफ्नो ५१ औं जन्मदिनको अवसरमा फिल्मबाट आलिया भट्ट र रणवीर सिंहको फर्स्ट लुक सार्वजनिक गरेका छन् ।

करण जोहरले आफ्नो अफिसियल इन्स्टाग्राम अकाउन्टमा रकी र रानीको प्रेमकथाका धेरै तस्विर शेयर गरेका छन् । जसमा आलिया लगभग सबै तस्विरमा साडीमा देखिएकी छिन् । योसँगै रणवीर सिंह वेस्टर्न र फङ्की लुकमा देखिएका छन् ।
रकी र रानीको प्रेमकथाबाट बाहिर आएको यी दुबैको लुक हेर्दा फिल्ममा आलिया देसी गर्लको तस्बिरमा र रणवीर ब्याड ब्वायको छविमा देखिने देखिन्छ । चलचित्रमा नायिका रानीको भूमिकामा छन् भने नायक रकीको भूमिकामा छन् ।

करण जोहर करिब सात वर्षपछि फिल्म रकी र रानीको प्रेमकथाबाट निर्देशनको क्षेत्रमा फर्किएका छन् । फिल्ममा रणवीर सिंह र आलिया भट्टका अलावा धर्मेन्द्र, जया बच्चन र शबाना आजमीको पनि महत्वपूर्ण भूमिका छ ।
रकी र रानीको प्रेमकथा इशिता मोइत्रा, शशांक खेतान र सुमित रोयले लेखेका छन् । फिल्म यसै वर्ष जुलाई २८ मा रिलिज हुँदैछ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);