शरणार्थी प्रकरणको अनुसन्धान निष्पक्ष हुनुपर्छ : उपेन्द्र यादव | ईमाउण्टेन समाचार

Our Network

जेठ ११ २०८१, शुक्रबार

शरणार्थी प्रकरणको अनुसन्धान निष्पक्ष हुनुपर्छ : उपेन्द्र यादव

upendra yadhav

काठमाडौं, ११ जेठ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नक्कली भूटानी शरणार्थी प्रकरणको अनुसन्धान निष्पक्ष रुपमा हुनुपर्ने बताउनुभएको छ ।

बुधवार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष यादवले नक्कली भूटानी शरणार्थी प्रकरणको अनुसन्धान निष्पक्ष रुपमा गर्नुपर्ने बताउनुभएको हो । उहाँले अदालतले दोषि ठह¥याइएकाहरु कानूनी दायरामा जाने बताउनु भयो ।

उहाँले भन्नुभयो–‘अनुसन्धान निष्पक्ष हुनुपर्छ । अनुसन्धानबाट प्रमाणित भएको देखिएकोलाई कानूनको दायरामा लैजानुपर्छ । को पर्छन् ? को पर्दैनन् भन्ने कुरा सेकेन्डरी कुरा हो । अनुसन्धानको कार्यलाई पूरा निष्पक्ष रुपमा हुन दिनुपर्छ । त्यसबाट देखिएका कुरा कानूनको दायरामा जान्छ र कानूनले, अदालतले जे ठह¥याउँछ त्यसलाई मान्नुपर्छ ।’

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);