भ्रष्टाचारको विषयमा आफ्नो र पराइ नछुट्टाएको प्रधानमन्त्री स्पष्टोक्ति | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

भ्रष्टाचारको विषयमा आफ्नो र पराइ नछुट्टाएको प्रधानमन्त्री स्पष्टोक्ति

काठमाडौं, १२ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली भूटानी शरणार्थी प्रकरण लगायत सबै घटनामा राज्यले निष्पक्ष रुपले छानबिन गरिरहेको बताउनुभएको छ । मंगलवार प्रतिनिधि सभा बैठकमा सांसदहरुसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सांसद अशिम साहको जवाफ दिँदै प्रधानमन्त्री दाहाले भूटानी शरणार्थी प्रकरण लगायतका सबै घटनाहरुमा दबाबरहित र निष्पक्ष रुपमा छानविन भइरहेको बताउनुभएको हो ।

उहाँले आफूले सरकारको नेतृत्व गरेसँग सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, व्यावसायिक र जवाफदेही बनाएको बताउनु भयो । उहाँले भ्रष्टाचारलाई कडाइका साथ नियन्त्रण गर्न सरकारले विभिन्न नीतिगत, कानूनी तथा संस्थागत सुधारलाई अघि बढाएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘मेरो नेतृत्वमा सरकार गठन भएदेखि आजका दिनसम्म मैले सामाजिक न्यायको प्रत्याभुति सुशासनको सुनिश्चितता र सार्वजनिक सेवा प्रवाहमा सुधारलाइ मुख्य प्राथमिकतामा राख्दै आएको छु । प्रश्नमा भनिएजस्तो सरकारका यी कामहरु कुर्सी टिकाउनका लागि होइनन् बरु देश र जनतामा राजनीतिक प्रणालीप्रति नै वितृष्णा छाएको, केही हुन्न सबै उस्तै हुन् भन्ने निराशावादी भाष्य निर्माण गर्न खोजिएको परिस्थितिलाई चिर्न सरकारले एकपछि अर्को राम्रो काम गर्दै आइरहेको छ । भूटानी शरणार्थी प्रकरणलगायत सबै घटनामा राज्यले दबाबरहित तरिकाले निष्पक्ष छानबिन अघि बढाएकै कारण अहिले जनतामा सुशासन सम्भव छ भन्ने आशा पलाएको हो । वर्तमान सरकारले भ्रष्टाचारबिरुद्ध शुन्य सहनशीलताको नीतिलाई राज्यका तीनै तहमा कडाइका साथ कार्यान्वयन गर्दै आएको छ । यस अवधिमा सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, व्यावसायिक र जवाफदेही बनाउँदै भ्रष्टाचारलाई कडाइका साथ नियन्त्रण गर्न सरकारले विभिन्न नीतिगत, कानूनी तथा संस्थागत सुधारलाई अघि बढाएको छ । सबै किसिमका भ्रष्टाचारलाई तथ्य र प्रमाणको आधारमा अनुसन्धान छानबिन गरी दोषीलाई कानूनको दायरामा ल्याउन सरकार प्रतिवद्ध छ । भ्रष्टाचारको मामलामा यो आफ्नो यो पराया भनेर सरकारले कसैलाई विभेद गरेको छैन । कानूनी समानताको सिद्धान्तलाई सरकारले पूर्णतः आत्मसात गरेको छ ।’

प्रधानमन्त्री दाहालले सबै किसिमका भ्रष्टाचारलाई तथ्य र प्रमाणको आधारमा छानबिन गरी दोषीलाई कानूनको दायरामा ल्याउन सरकार प्रतिवद्ध रहेको स्पष्ट पार्नुभयो ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);