राष्ट्रिय योजना आयोग खारेज गर्न उपेन्द्र यादवको माग | ईमाउण्टेन समाचार

Our Network

मंसिर ९ २०८१, आइतबार

राष्ट्रिय योजना आयोग खारेज गर्न उपेन्द्र यादवको माग

upendra yadav

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय योजना आयोग खारेज गर्नुपर्ने बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष यादवले राष्ट्रिय योजना आयोग खारेज गर्नुपर्ने माग गर्नुभएको हो । उहाँले राष्ट्रिय योजना आयोगको कुनै काम नभएको उल्लेख गर्दै यसले खर्च मात्रै बढाएको बताउनु भयो । उहाँले आयोगको ठाउँमा प्रधानमन्त्रीको आर्थिक सल्लाहकार समिति निर्माण गर्न सुझाव दिनुभयो ।

अध्यक्ष यादवले नीति तथा कार्यक्रम संघीयता कार्यान्वयन गर्नेगरी नआएको पनि बताउनु भयो । नीति तथा कार्यक्रले संघीयता विरोधी भाव बोकेको उहाँको भनाई छ ।

अध्यक्ष यादवले नीति तथा कार्यक्रम शब्द, साहित्य र कल्पनाहरुले भरिपूर्ण भएको टिप्पणी गर्नुभयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);