विमानस्थल सेवा शुल्क बक्यौता : एयर एसियाले तिर्‍यो दुई करोड | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८३, बुधवार

विमानस्थल सेवा शुल्क बक्यौता : एयर एसियाले तिर्‍यो दुई करोड

airasia

काठमाडौं, २४ पुष । मलेसियाको निजी विमान कम्पनी एयर एसियाले विमानस्थल सेवा शुल्क बापतको बक्यौतामध्ये दुई करोड रुपैयाँ आइतबार तिरेको छ।

बाँकी रकम प्रत्येक महिना तीन करोडका दरले तिर्दै जाने लिखित प्रतिबद्धतासमेत उसले गरेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयका निमित्त कार्यालय प्रमुख सुधीर चौधरीले एयर एसियाले आइतबार दुई करोड तिरेको र सोमबार १० करोड रुपैयाँ तिर्ने मौखित सहमति गरेको जानकारी दिए।

केही वायु सेवा कम्पनीले विमानस्थल प्रयोग गरेबापत तिर्नुपर्ने शुल्क लामो समयदेखि तिरेका छैनन्। सबैभन्दा बढी बक्यौता रहेको एयर एसियाको २३ करोड रुपैयाँ बक्यौता छ।

मौखिक सहमतिअनुसार सोमबार १० करोड रुपैयाँ दाखिला नगरे मासिक तीन करोड रुपैयाँ तिर्ने प्रतिबद्धता मान्य नहुने चौधरी बताउँछन्।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

ताजा समाचार