मासिक १ लाख तलब हुन्छ भन्दै ७ लाख रुपैयाँ ठगी | ईमाउण्टेन समाचार

Our Network

असोज ५ २०८०, शुक्रबार

मासिक १ लाख तलब हुन्छ भन्दै ७ लाख रुपैयाँ ठगी

काठमाडौं,९ जेठ । वैदेशिक रोजगारीका लागि स्विजरल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–४ घर भई हाल बाँके कोहलपुर नगरपालिका–११ दशबिगा बस्ने ४६ वर्षीया पार्वती थापालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

थापा समेतले पीडितलाई वैदेशिक रोजगारका लागि स्विजरल्याण्ड पठाई सुपर मार्केटमा प्याकिङको काम लगाईदिन्छु मासिक १ लाख रूपैयाँ तलब हुन्छ भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी ७ लाख २० हजार रूपैयाँ रकम ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–२६ गोंगबुबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाएको जनाएको छ ।

Leave a Reply