नख्खु—भैंसेपाटी सडक खण्डको काम जेठ महिना भित्र सम्पन्न हुन्छ : मन्त्री ज्वाला | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

नख्खु—भैंसेपाटी सडक खण्डको काम जेठ महिना भित्र सम्पन्न हुन्छ : मन्त्री ज्वाला

काठमाडौं, ८ जेठ । भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नख्खु—भैंसेपाटी सडक खण्डको काम जेठ महिना भित्रमा सम्पन्न हुने बताउनुभएको छ । सोमवार मन्त्रालयको टोलीले सडक खण्डको अवलोकन तथा निरीक्षण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले आफू मन्त्री हुँदा यस सडक खण्डको विशेष चर्चा भइरहेको र आफूले चर्चा कम गर्न काम गरेर देखाउन निर्देशन दिएको बताउनु भयो । उहाँले अहिले काम निकै उपलब्धिमुलक रहेको भन्दै अब नख्खु—भैंसेपाटी क्षेत्रका बासिन्दाहरुले लामो समयसम्म धुलो र सास्ती व्यहोर्नु नपर्ने उल्लेख गर्नुभयो । उहाँले अबको एक हप्ताभित्र सडकखण्डको कालोपत्रे हुने पनि बताउनु भयो । उहाँले यसअघि सम्बन्धित निकायहरुसँगको समन्वय कम हुँदा विभिन्न व्यवधान आइरहेकाले आफूले समन्वय र सहजीकरणमा कमी हुन नदिने प्रतिवद्धता जनाउनु भयो । उहाँले आफूले निरीक्षणका क्रममा चाँडो काम सम्पन्न गर्न निर्देशन दिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो सडकका बारेमा म भौतिक, पूर्वाधार तथा यातायातमन्त्री भइसकेपछि एउटा बहसको विषय थियो । यस भन्दा पहिला पनि त्यतिबेलाका मान्य मन्त्रीज्युले निरीक्षण गर्नुभएको थियो । यो २६ करोडको ठेक्का लागेको र पछिल्लो समयमा अलि धेरै चर्चा बहसको विषय थियो । म आउने बित्तिकै हाम्रो टिम बसेर यो सडकलाई चर्चामुक्त गरेर, चर्चामुक्त भनेको धुलो मुक्त गर्नु हो । त्यसका लागि छिटो भन्दा छिटो काम सम्पन्न गरेर कालोपत्रे गर्नुपर्ने अवस्था थियो । हामीले निरीक्षण गर्ने कुरामा हतार देखाएनौँ, हामीले मन्त्रालयबाट मातहतका निकायलाई निर्देशन गरेका थियौँ । सक्रियताकासाथ काम अहिले अघि बढेको छ । केही दिनमा मुल कामहरु सकिन्छ । जेठ महिना भित्र काम पूरा हुने अवस्था छ । अझै तिब्रताका साथ काम गरेर सम्पन्न गर्नुपर्नेछ । चाँडै काम सम्पन्न गर्न निर्देशन दिएका छौँ । काम छिटो हुने कुरा नै मुख्य कुरा हो । समन्वय भएको भए अझै छिटै हुन्थ्यो कतिपय ठाउँमा समन्वय नहुँदा हिजो ढिलो भयो । हामी समन्वय र सहजीकरणमा कमी हुन दिँदैनौँ । अब यहाँका जनता लामो समय धुलोमा हिँड्नुपर्ने र सास्ती व्यहोर्नुपर्ने अवस्थाको अन्त्य गर्नेछौँ ।’

मन्त्री ज्वालाले आगामी दिनमा देशभरका सडक, पुलहरु निर्माणका लागि अन्तरमन्त्रालयसँग समन्वय गरी एकै पटकमा काम सक्ने गरेर काम गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले बजेट प्रश्तुत भइसकेपछि मन्त्रालयसँग सम्बन्धित विषयमा फिल्डमा नै गएर समस्या समाधान गर्ने बताउनु भयो ।

उहाँले आगामी दिनमा अनुगमन र निरीक्षणको क्रमलाई तिब्रता दिने बताउनु भयो । उहाँले सरकारले महत्वपूर्ण सडकका खाल्डाखुल्डी पुर्ने कामलाई प्राथमिकतामा राख्ने बताउनु भयो । मन्त्री ज्वालाले काठमाडौं उपत्यकामा खाल्डाखुल्डी पुर्ने काम तिब्र गतिमा अघि बढेको आगामी वर्षको बजेटमा खाल्डाखुल्डी पुर्नका लागि रोड एम्बुलेन्सको परिकल्पना गरेको बताउनु भयो ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);