मूल्यवृद्धि फिर्ता लिन निर्माण व्यवसायीहरुको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

मूल्यवृद्धि फिर्ता लिन निर्माण व्यवसायीहरुको माग

काठमाडौं, २३ पुष । निर्माण व्यवसायीले पेट्रोलियम पदार्थ र निर्माण सामग्रीमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन ।

नेपाल निर्माण व्यवसायी महासंघले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अप्राकृतिक र अप्रत्याशित रुपमा मूल्य बृद्धि गरिएको भन्दै तत्काल फिर्ता लिन माग गरेको छ । सरकारले विना जानकारी निर्माण सामग्रीमा साँढे १२ प्रतिशतसम्म मूल्य वृद्धि गर्दा व्यवसायी मारमा परेको उनीहरुको भनाइ छ ।

महासंघले राज्यबाट सञ्चालित भई सम्पन्न भईसकेका परियोजनाहरुको निर्माण कार्यवापतको भुक्तानी तत्काल गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ । महासंघले भारत तथा अन्य देशहरुबाट निर्माण सामग्रीहरु आयात गर्न र सोको भन्सार छुटको व्यवस्था गर्न पनि सरकारसँग माग गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);