२०७१ सालमा दिने भनिएको अनुदान नपाएपछि धर्ना बस्न काठमाडौं आए उखु किसान | ईमाउण्टेन समाचार

Our Network

भदौ १५ २०८१, शनिबार

२०७१ सालमा दिने भनिएको अनुदान नपाएपछि धर्ना बस्न काठमाडौं आए उखु किसान

काठमाडौं । सरकारले अनुदान नदिएपछि कपिलवस्तुका उखु किसानहरु काठमाडौंमा धर्नामा बस्न बाध्य भएका छन् ।

२०७१ सालमा उखुमा दिने भनिएको अनुदान आफूहरुले मात्रै नपाएपछि काठमाडौंको माईतीघर मण्डलामा आएर धर्नामा बस्न बाध्य हुनुपरेको कपिलवस्तु उखु किसान संघर्ष समितिका सदस्य रामलाल कलवारले जानकारी दिनुभयो । २०७१ सालमा सरकारले उखु किसानहरुलाई प्रतिक्वीटल २५ रुपैयाँका दरले अनुदान दिने निर्णय गरेको थियो ।

तर सो रकम अझसम्म पनि सरकारले नदिएपछि न्यायको खोजीमा उनीहरु काठमाडौं आएका हुन् । अनुदानको रकम लिनका लागि जिल्ला प्रशासन कार्यालयमा दिइएको दबाब काम नलागेपछि काठमाडौंमा आएर धर्नामा बस्नुपरेको संघर्ष समितिका सदस्य रामलाल कलवारले बताउनु भयो । उहाँले आफूहरुलाई सो अनुदान नदिएसम्म धर्नाको कार्यक्रम अन्त्य नगर्ने चेतावनी समेत दिनुभयो ।

उनीहरुले अन्य जिल्लालाई दिइएको त्यो अनुदानको बापतको रकम आफूलाई नदिएको भन्दै ५ दिनयता काठमाडौंमा धर्ना कार्यक्रमलाई निरन्तरता दिइरहेका छन् । तर सरकारले कुनै सुनुवाई नगरेको उनीहरुको गुनासो छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);