एजेन्सी, ५ जेठ । पूर्व विश्व सुन्दरी ऐश्वर्या राय ७६औँ कान्स फिल्म फेस्टिभलमा बिहीबार सहभागी भएकी छन् । उनले रातो कार्पेटमा सुरुचिपूर्ण लामो ट्रेलहरूसहित ठूलो हुडीसहितको चाँदी र कालो गाउन लगाएकी थिइन् ।
उनको लुक सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यो सोफी कउचर द्वारा डिजाइन गरिएको थियो।
ऐश्वर्या लगातार २१ वर्षदेखि यस फिल्म फेस्टिभलमा सहभागी हुँदै आएकी छिन् । उनले २००२ मा कान्स डेब्यू गरेकी हुन् ।
फिल्म देवदासको सफलतापछि ऐश्वर्या पहिलो पटक शाहरुख खान र निर्देशक सञ्जय लीला भन्सालीसँग यस कार्यक्रमको हिस्सा बनिन् । तर, सन् २००३ मा ऐश्वर्या ज्युरीका रुपमा पुगेकी थिइन् ।