गोविन्दाकी श्रीमती सुनिता किन ट्रोल भइन् ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

गोविन्दाकी श्रीमती सुनिता किन ट्रोल भइन् !

एजेन्सी ४ जेठ । बलिउडका हिरो नम्बर वन अर्थात् गोविन्दा (गोविन्दा)की पत्नी सुनिता आहुजा हालै उज्जैनको महाकाल मन्दिरमा दर्शन गर्न पुगेकी थिइन् ।

जसका धेरै तस्विरहरु सामाजिक सञ्जालमा आएका छन् । यी तस्विरहरूमा सुनिता मन्दिरको गर्भगृहमा ह्यान्डब्याग बोकेकी देखिएकी छिन् । जसका कारण अहिले ठूलै हंगामा भएको छ । वास्तवमा, मन्दिर भित्र पर्स जस्ता चीजहरू बोक्न सख्त रूपमा निषेध गरिएको छ।

सुनिता १५ मेमा उज्जैनको महाकाल मन्दिर पुगेकी थिइन् । मन्दिर भित्र पूजा गर्दा उनको हातमा झोला पनि देखियो । जसलाई मन्दिर भित्र लैजान निषेध गरिएको छ । अचम्मको कुरा त सुनिताको भनाइमा मन्दिर कमिटीका कुनै पनि सदस्यले ध्यान दिएनन् । त्यसपछि मन्दिरको सुरक्षामा पनि धेरै प्रश्न उठिरहेका छन् र यो तस्विरलाई लिएर सामाजिक सञ्जालमा निकै हंगामा भएको छ ।

महाकाल मन्दिरका प्रशासकको अनुसार गेटमा सुरक्षा टोली खटिएका थिए र कसैले झोला र पर्स भित्र नपरोस् भन्ने कुराको सुनिश्चित गर्ने जिम्मेवारी उनीहरूको थियो। गल्ती गर्ने कर्मचारीलाई कडा कारबाही गरिने उनले बताए ।

यो तस्विर सुनित आहुजाले मन्दिरको दर्शनपछि आफ्नो इन्स्टाग्राम अकाउन्टमा सेयर गरेकी हुन् । तस्विरमा सुनिताले गुलाबी रंगको साडी लगाएकी छिन् र उनले निधारमा तिलक पनि लगाएकी छिन् । यी तस्बिरहरू सेयर गर्दै सुनिताले लेखेकी छिन् ‘उज्जैनमा महाकालको सुन्दर दर्शन भयो ।।’ सुनिताका यी तस्विरहरूमा फ्यानहरूले धेरै माया दिएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);