नाइजेरिया, ५ जेठ । मध्य नाइजेरियामा गोठाला र किसानहरूबीच जारी झडपमा कम्तीमा ८५ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीको अनुसार तीन हजारभन्दा बढी मानिस विस्थापित भएका छन् ।
सोमबार राज्यका धेरै गाउँहरूमा हिंसा भड्किएको थियो । जसमा सुरुमा ३० जनाको मृत्यु भयो। यो वर्षौंदेखि जातीय र धार्मिक तनावले ग्रस्त क्षेत्र हो ।