काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो तौल घटिरहेको बताउनुभएको छ ।
उहाँले संसदमा सांसद रघुजी पन्तले सोधेको प्रश्नको जवाफ दिने क्रममा यस्तो बताउनु भएको हो ।
‘माननिय सदस्यले मेरो अलि धेरै नै प्रशंसा भनौं की ब्याङ्ग्य के भन्ने हो, त्यसको लागि धन्यवाद । म धेरै खाइलाग्दो भएको छु भन्ने मलाई लाग्दैन् । मेरो तौल चाँहि घटिरहेको छ । देख्दा तपाईंले राम्रो देख्नुभएछ, तपाईंको आँखालाई पनि धन्यवाद,’ उहाँले भन्नुभयो ।