दार्चुलामा चट्याङ लागेर घाइते भएकाहरुको हेलिकोप्टरबाट उद्धार | ईमाउण्टेन समाचार

Our Network

फागुन १५ २०८२, शनिबार

दार्चुलामा चट्याङ लागेर घाइते भएकाहरुको हेलिकोप्टरबाट उद्धार

काठमाडौं, २ जेठ । दार्चुलामा चट्याङ लागेर घाइते भएका तीन जना यार्सा संकलकको चार दिनपछि उद्धार गरिएको छ । ‌आज उनीहरुलाई नेपाली सेनाको हेलिकोप्टर बाट उद्धार गरी उपचारका लागि नेपालगञ्ज लगिएको हो।

दार्चुला को व्याँस गाउँपालिका–२ हुँम्दुङती वन स्थित पाटनमा चट्याङ लागेर घाइते भएका दुँहु गाउँपालिका–२ हिकिलाका १८ वर्षीय महेश बडाल,दुहुँ गा पा १ बास्पालि का ३७ वर्षीय आन सिंह महरा र उनकी ३० वर्षीया श्रीमती मानमती महरा लाई उपचार का लागी नेपाली सेना को हेलिकप्टर बाट नेपालगञ्ज लगिएको जिल्ला प्रहरी कार्यालय दार्चुला ले जानकारी दिएको छ । ‌ ‌

गत शनिबार राती चट्याङ लागेर उनीहरु घाइते भएका थिए। बाटो अप्ठेरो दुर्गम ठाउँ र मौसम खराबी का कारण उद्धार मा ढिलाइ भएको प्रहरी को भनाई रहेको छ ।

Leave a Reply