काठमाडौं । आगामी जेठ ५ गतेदेखि १५ गतेसम्म १० दिन मेलम्ची खानेपानी आयोजनाले मेलम्ची सुरुङबाट पानी पथान्तरण बन्द हुने भएको छ ।
सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जानकारी आगामी जेठ ५ गतेदेखि १५ गतेसम्म १० दिन मेलम्ची सुरुङबाट हुने पानी पथान्तरण बन्द हुने जानकारी दिएको हो । काठमाडौं उपत्यका खानेपानीका प्रवक्ता प्रकाशकुमार राईले मेलम्ची खानेपानी विकास समितिले आयोजनाको अम्बाथान स्थिति हेडवक्समा गेट नम्बर १ र ९ तथा अडिट सुरुङमा मेकानिकल पार्टको जडान लगायत संरचनाहरुको निर्माण तथा सुधार कार्य गर्न लागेकाले सुरुङ बन्द गर्न लागेको बताउनु भयो। उहाँले वर्षा याममा हुनसक्ने सम्भवित प्रकृतिक प्रकोप कारण आयोजनामा थप क्षति हुन नदिन विषम परिस्थिति बाहेक १२ महिना पानी सञ्चालन गर्ने उद्देश्यले मेलम्ची खानेपानी विकास समितिको रहेको बताउनु भयो ।
उहाँले उक्त कार्य सम्पन्न भएपश्चात यो वर्षको वर्षा याममा पनि आयोजनाको प्रतिकुल अवस्थामा बाहेक अन्य अवस्थामा सुरुङबाट पानी पठाउने कुरामा आशावादी रहेको बताउनु भयो । उहाँले सुरुङबाट पानी पथान्तरण बन्द हुने भएसँगै काठमाडौं उपत्यका खानेपानी वितरणको तालिका पानी वितरणको दिन अवधिको अन्तर बढाएर हेरफेर गरीएको बताउनु भयो। उहाँले खानेपानी वितरणको तालिका काठमाडौं उपत्यका खानेपानीको वेबसाइट र शाखा कार्यालयहरुको फेसबुक पेजमार्फत प्रकाशन गरिएको बताउनु भयो। उहाँले २०७९ साल मंसिरदेखि आजसम्म मेलम्ची खानेपानी आयोजनाबाट भइरहेको निरन्तर पानी आपूर्तिले काठमाडौंबासीको मुहारमा देखिएको सन्तुष्टि र खुशीलाई दिगो र बाह्रै महिना कायम राख्ने प्रयास रहने बताउनु भयो।
प्रवक्ता राईले मेलम्चीको १७ करोड लिटर पानी आउँदा १७ करोड रुपैयाँ उठ्नुपर्ने मान्यता भएपनि १० हजार लिटर बराबर एक सय रुपैयाँसम्म उठ्ने गरेको बताउनु भयो । उहाँले विगतमा ५ हजार लिटर पानी आउँदा पनि सय रुपैयाँ संकलन भएको १७ करोड लिटर पानी अनुसार आम्दानी नदेखिने बताउनु भयो। उहाँले मेलम्चीको १७ करोड लिटर पानी आएपश्चात वार्षिक आयमा १० करोड रुपैयाँले वृद्धि भएको बताउनु भयो। उहाँले मेलम्ची आउनु भन्दा पहिला वार्षिक ६५ करोड रुपैयाँ हुने गरेकोमा मेलम्ची आएपछि ७५ करोड पुग्ने अवस्था रहेको बताउनु भयो ।
उहाँले मेलम्चीसहित १८ करोड लिटर पानी धाराहरुमा पानी वितरण गरिएको भन्दै मेलम्चीको पानी रोकिएपछि ८ करोड मात्रै पानी वितरण हुने बताउनु भयो । उहाँले पानी तीनदेखि १० दिनको अन्तरालमा वितरण गर्ने बताउनु भयो।