संकटा र हिमालयन शेर्पा बराबरीमा रोकिए, मच्छिन्द्रको सहज जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

संकटा र हिमालयन शेर्पा बराबरीमा रोकिए, मच्छिन्द्रको सहज जित

काठमाडौं । आयुष घलानले पेनाल्टीबाट बराबरी गोल फर्काएपछि राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा संकटा हिमालयन शेर्पासँग हारबाट जोगिएको छ । अर्को खेलमा साविक विजेता मच्छिन्द्र फुटबल क्लवले खुमलटार युथ क्लवमाथि ३–० को सहज जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमवार भएको खेलमा हिमालयन शेर्पाले शुरुवाती अग्रता लिएपनि कायम राख्न नसक्दा अंक बाँड्न बाध्य भएको हो । प्रतिष्पर्धात्मक बनेको खेलमा दुवै टोलीले पहिलो हाफ गोल रहित बराबरी खेलेका थिए । तर दोस्रो हाफमा आक्रमक रणनीति अपनाउँदै स्पष्ट तीन अंकका लागि खेले पनि सफल हुन सकेनन् । दशरथ रंगशालामा हिमालयन शेर्पाले शुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन सकेन । खेलको दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । ३९ औं मिनेटमा खामिर ग्लिसन कन्दंग्वाले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार पोस्ट नजिकबाट बाहिरियो । लगत्तै अर्कोतर्फ युसुफ अत्रिसले गोल गरेपनि त्यसले मान्यता पाएन ।

अत्रिसले प्रहार गर्दा आयुष घलानले ६ यार्ड बक्सभित्र अफसाइड पोजिसनमा रहेर गोलरक्षक किशोर गिरीलाई छेक्दा सहायक रेफ्रीले अफसाइडको निर्णय दिएका थिए । ५० औं मिनेटमा शेर्पाले अग्रता लियो । विश्वास श्रेष्ठको क्रसमा विदेशी खेलाडी अबायोमी फाकुन्लेको हेडरपासलाई म्यानुएल नानाले जाली चुमाउन सफल भएका थिए । ७२ औं मिनेटमा संकटाले पेनाल्टीको अवसर पायो । सुशील राईले आयुष घलानलाई लडाएपछि रेफ्री संकटालाई पेनाल्टी अवसर दिएका थिए । पेनाल्टीमा आयुषले गोल गर्दै संकटालाई बराबरीमा फर्काएका थिए । ७७ औं मिनेटमा विश्वास श्रेष्ठको प्रहार क्रसबारमा लागेर बाहिरिँदा शेर्पाले अग्रता लिन चुक्यो । बाँकी समयमा संकटाले पनि केही प्रयास गरेपनि सफल हुन सकेन र दुवैले अंक बाँडे । यस बराबरीसँगै हिमालयन शेर्पाले १८ खेलबाट २२ अंक बनाएको छ भने अर्को टोली संकटाको समान खेलबाट २१ अंक भएको छ ।

लिग अन्तर्गत सोमवार नै भएको अर्को खेलमा साविक विजेता मच्छिन्द्र फुटबल क्लवले रेलिगेशन क्षेत्रको खुमलटारमाथि ३–० को सहज जित निकालेको हो । मच्छिन्द्रको जितमा सबै गोल विदेशी खेलाडीले गरे । आन्द्रेस नियाले एक गोल गर्दा अफिज ओलावालेले दुई गोल गरे । खुमलटारमाथि अधिकांस समय बल नियन्त्रणमा राख्दै खेलेपछि मच्छिन्द्रले ४२ औं मिनेटमा मात्र अग्रताको अवसर लिएको थियो । आन्द्रेश नियाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाउन सफल भएका थिए ।

पहिलो हाफमा लिएको अग्रता पछि उच्च मनोबलका साथ खेलेको मच्छिन्द्रले दोस्रो हाफमा पनि आक्रामक खेललाई निरन्तरता दियो । सो क्रममा अफिजले ७७ औं मिनेटमा टोलीका लागि दोस्रो तथा ब्यक्तिगत पहिलो गोल गरे । त्यसको १० मिनेटपछि अर्को गोल गर्दै टोलीलाई ३–० को जित निश्चित गराए । यससँगै मच्छिन्द्रले जारी लिगमा १८ खेल खेल्दै तालिकामा ३० अंक बनाएको छ । मच्छिन्द्र एक खेल कम खेलेको चर्च व्वाईजसँग अंक बराबरी हो । यस्तै पराजित खुमलटार समान १८ खेलबाट १७ अंकका साथ तालिकाको पुछारमा छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);