काठमाडौं । श्रृलंकामा हुने मिस वर्ल्ड टुरिजम २०२३ मा नेपालको तर्फबाट सजिना खनालले प्रतिनिधित्व गर्ने भएकी छन् ।
मिस वल्र्ड टुरिजम नेपाल २०२३ को ताज जितेपछि खनालले श्रृलंकामा जुलाईमा हुने मिस वल्र्ड टुरिजम २०२३ मा भाग लिने पक्का भएको हो ।
श्रीलंकाको कोलोम्बोमा आयोजना हुने प्रतिस्पर्धामा नेपालसहित विश्वभरका प्रतिष्पर्धी सहभागी हुनेछन् ।
देशको प्रतिनिधित्व गर्न पाउँदा गर्व महसुस भएको भन्दै खनालले देशको नाम राख्ने बताएकी छन् ।