काठमाडौं, २७ वैशाख । नेपाली बजारमा आज सुनको भाउ वृद्धि भएको छ । बुधबारको तुलनामा आज सुनको भाउ ४ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार छापावाल सुन प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँ कायम भएको छ । मंगलबार १ लाख ११ हजार २ सय रुपैयाँमा खरिद विक्रि भएको थियो ।
त्यसैगरी, आज तेजावी सुन प्रतितोला १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज सेतो धातु चाँदीको मुल्य भने स्थिर रहेको छ । चाँदी आज १ हजार ४ सय ४५ रुपैयाँमा खरिद विक्रि भइरहेको महासंघले जनाएको छ ।