काठमाडौं, २६ वैशाख । पाल्पामा छट्टुाछट्टुै स्थानमा दुई शव भेटिएका छन् । झुण्डिएको अवस्थामा बेवारिसे २ वटा शव फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार माथागढी र तिनाउ गाउँपालिकामा सोमबार शव भेटिएका हुन् ।
तिनाउ गाउँपालिका ३ झुस्सामा रहेको खुल्खुले सामुदायिक वन क्षेत्रमा र माथागढी ५ को सामुदायिक वनमा छट्टुाछट्टुै शव फेला परेको हो ।
दुवै शव सडेगलेको अवस्थामा भेटिएको हो । पोस्टमार्टम र थप अनुसन्धानका लागि पाल्पा अस्पतालमा राखिएको छ तर शवको पहिचान भने खुल्न सकेको छैन ।
Photo : Google.com