जनशक्तिको सही उपयोगका लागि छुट्टै मन्त्रालय आवश्यकः विमला राई | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

जनशक्तिको सही उपयोगका लागि छुट्टै मन्त्रालय आवश्यकः विमला राई

काठमाडौं, २५ वैशाख । राष्ट्रिय सभा सदस्य डा.विमला राई पौड्यालले जनशक्तिको सही उपयोगका लागि छुट्टै मन्त्रालय बनाउनुपर्ने माग गर्नुभएको छ । सरकारले प्रस्तुत गरेको आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा सदनमा छलफलमा सहभागी हुँदै सोमवार उहाँले यस्तो माग गर्नुभएको हो ।

उहाँले नेपालमा पर्याप्त जनशक्ति रहेको र त्यसको सही उपयोग गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले जनशक्तिको सही उपयोगका लागि छुट्टै मन्त्रालय चाहिने बताउनु भयो । उहाँले तत्काल मन्त्रालय बनाउन नसके स्वास्थ्य मन्त्रालयको छुट्टै विभागका रुपमा भनेपनि स्थान दिनुपर्ने आवश्यक्ता रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘भर्खरै हाम्रो जनसंख्याको तथ्यांक आएको छ, यसले पनि देखाएका छ, हामी बारम्बार भनिरहेका छौँ, हामीसँग जनशक्ति छ, त्यसको उपयोग गर्नुपर्छ । जनशक्तिको उपयोग गर्न छुट्टै मन्त्रालय चाहिन्छ, अहिले मन्त्रालय नै राख्न सकिँदैन भने स्वास्थ्य मन्त्रालयको सानो डेस्क बनाएर विभाग बनाएर जनसंख्याको काम हुँदैन । यत्ति धेरै हामीसँग जनशक्ति छ, अहिले काम खोज्नेलाई काम छैन, कामदार खोज्नेलाई कामदार छैन । के मिलिरहेको छैन । हामीलाई केमा कस्तो स्किल भएका व्यक्ति चाहन्छि, कहाँ काम छ, यसको लागि ठूलो लेखाजोखा गर्न जरुरी छ । जनशक्तिको भरणपोषण गर्ने मन्त्रालयको जरुरी छ ।’ उहाँले जलवायु परिवर्तनको प्रकोपलाई रोक्न पूँजी वृद्धि गर्न जरुरी रहेको बताउनु भयो । इन्धनको आयातका कारण बजेट घाटा भएको भन्दै विद्युतीय उर्जाको बढी प्रयोग गर्ने कुरामा बजेटमा प्राथमिकता हुनुपर्ने बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);