देश कुनैपनि बेला दुर्घटनामा जानसक्छः सांसद जबरा | ईमाउण्टेन समाचार

Our Network

भदौ २७ २०८१, बिहीबार

देश कुनैपनि बेला दुर्घटनामा जानसक्छः सांसद जबरा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले सरकार जोखिमपूर्ण अवस्थामा रहेको बताउनुभएको छ ।

आईतवार पार्टी निकट महिला संघको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सांसद जबराले देश कुनैपनि बेला दुर्घटनामा जानसक्ने जिकिर गर्नुभयो । उहाँले देश राम्रोसँग सञ्चालन भइरहेको छ भनेर ढुक्क हुने अवस्था नरहेको बताउनु भयो ।

उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टी राजेन्द्र लिङदेनको अध्यक्षतामा रहेर जस्तोसुकै परिस्थितिको सामना गर्न सक्षम रहेको उल्लेख गर्नुभयो ।

सांसद जबराले नेपालमाथि आइपर्ने समस्याको सामना गर्न राप्रपा तयार रहेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);