स्थिर सरकार बन्न नसक्दा देश भित्रको समविकासमा चुनौति थपियो : महामन्त्री शर्मा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

स्थिर सरकार बन्न नसक्दा देश भित्रको समविकासमा चुनौति थपियो : महामन्त्री शर्मा

काठमाडौं, २४ वैशाख । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशमा नीतिगत स्थिरता हुनुपर्ने बताउनुभएको छ । शर्माले संसदको स्थिरता सँगसँगै देशमा नीतिगत स्थिरता पनि आवश्यक रहेको बताउनुभएको हो ।

उहाँले आगामी पाँच वर्ष संसद स्थिर रहने भएपनि सरकार अस्थिर रहने अवस्था रहेको उल्लेख गर्दै नेपालले नीतिगत सुनिश्चितताको बाटो रोज्नुपर्ने बताउनु भयो । सरकार फेरबदल भइरहेपनि देशले हिँड्ने बाटो स्पष्ट हुनुपर्ने बताउनु भयो । देशमा सम्भावनासँगै चुनौति पनि रहेको उल्लेख गर्नुभयो ।

देशमा राम्रा काम भएपनि राजनैतिक अस्थिरताले सबैलाई बिद्रोही बनाएको उल्लेख गर्नुभयो । पछिल्लो समय आफैँले लागू गरेको व्यवस्थाले नै अस्थिरता ल्याएको त होइन भन्ने संशय नागरिक समाजमा देखिन थालेको छ । राजनैतिक व्यवस्था परिवर्तन भएपनि नागरिकको अवस्थामा परिवर्तन आउन नसक्दा चरम निराशा छ । नागरिकको अपेक्षा अनुसारको स्थिर सरकार बन्न सकिरहेको छैन, जसले पनि देश भित्रको समविकासमा चुनौति थपेको छ । अहिले देशले भोगेको आर्थिक मन्दी र राजनैतिक उत्तारचढावले झनै चुनौति थपेको महामन्त्री शर्माले बताउनु भयो ।

संविधान स्थिर भएपनि त्यसले बनाउने सरकार स्थिर हुन नसक्ने यथार्थ नेपालमा रहेको उल्लेख गर्दै देश विकासमा नीतिगत स्थिरता दिनसके सरकारहरु बदलिए पनि समग्र विकासमा असर नपर्ने उहाँको ठम्याइ छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);