देश अफ्ठ्यारो परिस्थितिमा छ,अब काँग्रेस-एमाले एक हुनुपर्छः नेता कोईराला | ईमाउण्टेन समाचार

Our Network

चैत २२ २०८०, बिहीबार

देश अफ्ठ्यारो परिस्थितिमा छ,अब काँग्रेस-एमाले एक हुनुपर्छः नेता कोईराला

काठमाडौं,२२ चैत्र । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले देशमा स्थिरता दिन र विकास गर्न नेपाली काँगेस र नेकपा एमाले एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ । बिहीवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले देश अफ्ठ्यारो परिस्थितिमा रहेको बतउनु भयो । उहाँले गठबन्धनको सरकारले देशको आर्थिक विकास हुने सम्भावना नरहेको जिकिर गर्नुभयो । उहाँले गठबन्धनले राजनीतिक स्थिरता हुन नसक्ने बतउनु भयो । उहाँले स्थिर सरकार दिनुपर्ने जरुरी भइसकेको बताउनु भयो । उहाँले विगतका अनुभव हेर्दा पनि नेपाली काँग्रेस र नेकपा एमाले मिलेपछि मात्रै संविधान बनेको भन्दै उहाँले देशलाई विकास गर्न नेकपा एमाले र काँग्रेस मिल्नुको विकल्प नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘देश अफ्ठ्यारो परिस्थितिमा छ । त्यसको लागि अहिले जुन गठबन्धनहरु चलिरहेको छ नि, एमाले र माओवादीको । यो भन्दा पहिला नेपाली काँग्रेस र माओवादीको । यो गठबन्धनले देशको आर्थिक विकास हुने त कुनैपनि सम्भावना छैन, यस्तो गठबन्धनहरुले । राजनीतिक स्थिरता पनि हुँदैन भन्नेकुरा त, हरेक प्रदेशमा आइसकेको छ । हरेक वर्ष सरकार परिवर्तन हुन थाल्यो भने अफ्ठ्यारो हुन्छ । स्टेबल गभर्मेण्ट दिन जरुरी छ । पहिलो संविधान सभा चार जना प्रधानमन्त्री कम्युनिष्टबाटै बन्नुभयो, तर संविधान त बनेन । संविधान बनाउन नेपाली काँग्रेस र एमाले नै चाहियो । त्यसलाई ध्यानमा राखेर देशलाई स्थिरता दिने र विकास दिने हो भने नेपाली काँग्रेस र एमाले एक ठाउँमा उभिनुपर्छ ।’

कोशी प्रदेश सरकार अब के हुन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उहाँले अहिलेको कोशी सरकार संविधानको धारा ५ बाट बनेको हो भन्ने हेक्का राख्नुपर्ने बताउनु भयो । कोशी सरकार विघटन भए मध्यावदीमा जाने स्पष्ट रहेको बताउनु भयो । उहाँले अहिले कोशी प्रदेश सरकार अल्पमतमा नरहेको र समर्थन फिर्ता लिएपछि पनि राजीनामा दिने वा नदिने भन्नेकुरा नैतिकताको कुरा रहेको बताउनु भयो । उहाँले राजीनामा नै दिनुपर्छ र विश्वासको मत लिनुपर्छ भन्ने नरहेको जिकिर गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);