प्रचण्ड–ओलीको भेटपछि संवैधानिक परिषदको बैठक डाकियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८३, शुक्रबार

प्रचण्ड–ओलीको भेटपछि संवैधानिक परिषदको बैठक डाकियो

काठमाडौं, २४ वैशाख । आज संवैधानिक परिषदको बैठक बस्दैछ । साझ ६ बजे सिंहदरबारमा बैठक बोलाइएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार भएको छलफलपछि संवैधानिक परिषदको बैठक आजै बोलाइएको हो ।

प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि बैठक बसेपनि कुनै निष्कर्ष निकाल्न सकेको थिएन । एमालेले संसदीय सुनुवाइ विशेष समिति गठन नभएसम्म प्रधानन्यायाधीश नियुक्ति गर्न नमिल्ने अडान लिइरहेको बेला शनिबार भएको २ शीर्ष नेताको भेटपछि आजै बैठक बोलाइएको हो ।

सर्वोच्च अदालतमा लामो समयदेखि कायममुकायमले काम चलाइरहेको अवस्था छ ।

Leave a Reply